Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकैदिन १ हजार ४ सय ४५ जनामा संक्रमण


काठमाडौं । शुक्रबार देशभर हालसम्मकै  सबैभन्दा धेरै १ हजार ४ सय ५४  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै देशभर संक्रमितको कुल संख्या ५१ हजार ९ सय १९ पुगेको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा उपत्यकामाका ६ सय ९६ जना माकोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा हालसम्मकै सबैभन्दा धेरै १ हजार ४ सय ५४ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौमा ६ सय २० भक्तपुरमा ३८ र ललातिपुरमा ३८ सहित  देशभर १ हजार ४ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।  पछिल्लो २४ घण्टामा देशभर ९ हजार  सय ७२ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३६ हजार ६ सय ७२ पुगेको छ । हालसम्म ७० दशवलब ६ प्रतिशत संक्रमित निको भएका छन् ।
यसैबीच कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ सय १ सय २२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निषेधाज्ञा खुकुलो भएपनि आम जनताले अपनाउनुपर्ने जनस्वास्थ्यका मादण्ड अपनाउन र स्वास्थ्यका मापदण्डकोबारेमा भ्रमपूर्ण नफैलाउने सम्पूर्ण बर्ग तथा निकायहरुलाई मन्त्रालयले अनुरोध गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार सफलभएको दाबी गर्दै जानकारी दिदै अबको परिथ्तििमा सम्पूर्ण जनमानिसको समेत जिम्मेवार बन्नु पर्ने मन्त्रालयको भनाई छ । मन्त्रालयलेका अनुसार रोकामेना पुर्णरुपमा नियन्त्रण नभएसम्म अहिलेकै अवस्थामा रोक तथा तथा नियन्त्रण रहने मन्त्रालयको भनाई छ ।
शुक्रबार देशभर १ सय ७० जना संक्रमित आइसियु र २५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ रहेको छ ।  देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार ६ सय ३४ जना हेका छन् ।१० हजार ७ सय १ जनाको पीसीआर परीक्षण भएको छ  । अहिले ६ हजार ७८ जना क्वारेन्टिनमा रहेका छन् ।

क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोनाभाइरस संक्रमण पुष्टि, #स्वास्थ्य तथा जनसंख्या

तपाईको कमेन्ट लेख्नुहोस्