नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० पुग्दा ३३६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १२ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ। शनिबार साँझसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। संस्थागत आइसोलेसनमा ९ हजार १०७ जना र होम आइसोलेसनमा ६ हजार १५३ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट ८५२ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना जित्नेको संख्या ३७ हजार ५५४ पुगेको छ । नेपालमा ७० दशमलव ६ प्रतिशतले कोरोना जितेका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार १७६ जनाको आरटी पीसीआर गरिएको छ। योसँगै हालसम्म नेपालमा ८ लाख ३१ हजार ३६५ जनाको आरटी पीसीआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । हाल क्वारेन्टिनमा ६ हजार ३५४ जना रहेका छन्।
कोरोनाबाट ३३६ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ३६ पुगेको छ।
पछिल्लो एक महिनादेखि दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ । शुक्रबार मात्र पनि ५ जनाको कोरोनाका कारण मृत्यु भएको थियो।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण, #स्वास्थ्य तथा जनसंख्या
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्