नेपाली कांग्रेसमा कोरोनाको प्रभाव,महाधिबेशनको काम प्रभावित

काठमाडौं । तीब्र रुपमा बढिरहेको कोरोना संक्रमणले महाधिबेशनको तयारीमा जुटेको नेपाली कांग्रेसका गतिबिधि पनि प्रभावित भएका छन् । निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पुष्टि भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा होम आइसोलेसनमा बसेका छन् । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको शुक्रबार स्वाब परीक्षण गरिने भएकोले उनी होम आइसुलेसनमा बसेका हुन् । जसका कारण बिहीबार सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दलबीच संवैधानिक निकाय र विश्वविद्यालयमा रिक्त रहेका पदमा नियुक्तिका बारेमा तय भएको छलफल समेत स्थगित भएको छ ।
त्यस्तै महामन्त्री डाक्टर शशांक कोइराला कोरोना संक्रमण भएपछि ओम अस्पतालमा उपचाररत छन् । उनले भिडियो सन्देश जारी गर्दै आफू छिट्टै निको भएर फर्किने विश्वास ब्यक्त गरेका छन् । बिहिबारदेखि सभापति देउवा बिरुद्ध हस्ताक्षर अभियान चलाउने योजना बनाएको बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको कार्यक्रम पनि स्थगित भएको छ । पार्टीको बिभाग गठन, क्रियाशील सदस्यता वितरणमा पारदर्शिता नअपनाएको, पार्टीको समायोजनमा ढिलाइ गरेर तोकिएकै मितिमा महाधिवेशन नगराउने योजना सभापतिले गरेको आरोप पौडेल पक्षले लगाउँदै आएको छ ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई समेत साथमा लिएर हस्ताक्षर बुझाउने रणनिति बनाएको पौडेल पक्षीय नेताहरु समेत आफूलाई केही जानकारी नभएको बताइरहेका छन् । बिगतमा भएका कमजोरी सभापति देउवाले नसच्याए अनसनसम्म बस्ने धम्की दिएका बरिष्ठ नेता पौडेलको सचिवालयले समेत महामन्त्री कोइराला कोरोना मुक्त भएपछि मात्रै अभियान चलाइने बताएको छ । सभापति देउवाले बुधबार एक कार्यक्रममा तोकिएकै समयमा पार्टीको महाधिबेशन हुने बताएपछि कोरोना संक्रमणको त्रास र तयारीले हुने सम्भावना न्यून छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कोरोना संक्रमण, #बरिष्ठ नेता रामचन्द्र पौडेल, #महाधिबेशन
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्