उपत्यकामा ६१८ सहित देशभर थप १२४६ कोरोना संक्रमित फेला

काठमाडौं । उपत्यकामा बिहीबार थप ६ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ५ सय ७, भक्तपुरका ५० र ललितपुरका ६१ गरी थप ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकासहित देशभर १ हजार २ सय ४६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या ५९ हजार ५ सय ७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४१ रहेको छ ।
यस्तै बिहिबार थप ४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३ सय ८३ पुगेको छ । बितेको २४ घण्टामा १२ सय ४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ । बिहिबार पीसीआर १० हजार ६ सय ४१ जनाको भएको छ ।
हेरौं देशभर कहाँ कति संक्रमित थपिए
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोनाभाइरस संक्रमित
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्