यसबर्ष बाँडियो ५ सय ९४ जनालाई मानपदवी, अलंकार र पदक

काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले ५ सय ९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ । सरकारले सार्वजनिक गरेको सूचीअनुसार ४ सय ५३ जनालाई मानपदवी १ सय १४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने उल्लेख छ । विभूषण, अलंकार र पदक आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुनेछ ।
राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्ने गरिन्छ । यसपटक नेपाल रत्न कसैले पाउने छैनन भने सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट आँखाका वरिष्ठ डाक्टर सन्दुक रुइत सम्मानित हुने भएका छन् ।
संविधान दिवसको अवसरमा सम्मानित हुनेहरुको सूचीमा १६ जना सन्चारकर्मी समेटिएका छन् । संविधान दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो बाट सम्मानित गर्ने गरिएको छ । राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ ।
मानपदवी, अलंकार र पदक पाउनेको सूची
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #अलंकार र पदक, #मानपदवी, #संविधान दिवस
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्