एकैदिन १ हजार २ सय ४ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७ सय ९७ पुगेको छ। कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला गर्दै लगेपछि कोरोना संक्रमण पनि पिसिआर परिक्षणको आधारमा बढ्दै गएको छ ।
बिहीबार १ हजार २ सय ४६, शुक्रबार २ हजार २० जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबारको तुलनामा शनिबार ५० प्रतिशत नै संक्रमितको संख्या घटेको देखिन्छ । १७ हजार १२९ कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै होम आइसोलेसनमा ७ हजार ९४८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १५३ जना रहेका छन्। १ सय ७९ जनाको आइसीयूमा र ३५जनाको भेन्टिलेटर उपचार भइराखेको छ। २४ घण्टामा १ हजार ४ सय ४७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४५ हजार २ सय ६७ पुगेको छ।
कोरोनाले २४ घण्टामा ११ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय १ पुगेको छ। मोरङ, सुनसरी, सिरहा, काठमाडौं, ललितपुर, चितवन, भक्तपुर, र रुपन्देहीमा कोरोनाका पाँच सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, म्याग्दी, मुस्ताङ, डोल्पा, रसुवा, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन्।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कुल डिस्चार्ज, #कोरोना संक्रमण
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्