काठमाडौं उपत्यकामै ६ सय बढी स्वास्थ्यकर्मी संक्रमित

काठमाडौं । मुलुकभर कोभिड–१९ का संक्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मी संक्रमणको उच्च जोखिममा छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेका अनुसार काठमाडौं उपत्यकामा मात्र ६ सयभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
कोभिड–१९ अस्पताल, कोभिड–१९ को परीक्षण गर्ने स्थान, होम आइसोलेसन, क्वारेन्टिन र कन्ट्र्याट ट्रेसिङमा समेत अग्रपंतिमा काम गर्ने स्वास्थ्यकर्मी बढी प्रभावित भएको पाइएको छ । सबभन्दा बढी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ । अस्पतालका २१ चिकित्सक अधिकांश नर्स सहित १५० जनामा कोरोना संक्रमण देखिएको छ । वीर अस्पतालमा २५ चिकित्सक, ३५ नर्स र अन्य वार्ड तथा प्रशासनमा रहेका ११५ जनामा कोरोना पहिचान भएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आठ जनामा संक्रमण देखिएको छ । अहिले मुलुकभरि ६२ हजार ७९७ जनामा संक्रमण देखिएको छ भने ४५ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । ४०१ जनाको कोरोनाबाट निधन भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #शिक्षण अस्पताल, #स्वास्थ्यकर्मी संक्रमण
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्