१० दिनमा नेपालमा कोरोनाबाट ८८ जनाको मृत्यु, १३ हजार ५ सय संक्रमित

काठमाडौं । पछिल्लो समय दैनिक कोरोना संक्रमण र मृत्युदर पनि बढ्दै गएको तथ्याङकले देखाइरहेको छ । पछिल्लो दश दिनमा कोरोना भाइरसबाट नेपालमा ८८ जनाको मृत्यु भएको छ । असोज १ देखि १० गतेसम्ममा ८८ जनाको मृत्यु हुँदा १३ हजार ४ सय ९४ जना संक्रमित थपिएका हुन् । नेपालमा औषतमा कोरोनाबाट दैनिक ११ जनाको मृत्यु हुने गरेको पाइएको छ भने १ हजार ३ सय नयाँ संक्रमित थपिने गरेका छन् ।
नेपालमा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित असोज २ गते थपिएका थिए । २ गते एकैदिन २ हजार २० जनामा संक्रमण पुष्टि हुँदा ७ जनाको मृत्यु भएको थियो । असोज ८ गते धेरै संख्यामा कोरोना संक्रमितको मृत्यु भएको थियो । सो दिन दिनमा १७ जना संक्रमितको मृत्यु भएको थियो ।
नेपालमा हालसम्म कोरोनाबाट ७१ हजार ८ सय २१ जना संक्रमित भएका छन् भने ४ सय ७६ जनाको मृत्यु भएको छ । ५३ हजार १३ जना कोरोना जितेर घर फर्किएका छन् । १० दिनमा मृत्यु हुने र संक्रमित हुनेको तथ्याङ १० दिनमा नेपालमा कोरोनाबाट ८८ जनाको मृत्यु, १३ हजार ५ सय संक्रमित
१० दिनमा मृत्यु हुने र संक्रमित हुनेको तथ्याङ
गते | मृतक | संक्रमित |
असाेज १ | ४ | १२४६ |
असाेज २ | ७ | २०२० |
असाेज ३ | ११ | १२०४ |
असाेज ४ | १० | १३२५ |
असाेज ५ | १६ | ११५४ |
असाेज ६ | २ | १३५६ |
असाेज ७ | ७ | ११७२ |
असाेज ८ | १७ | १४९७ |
असाेज ९ | ६ | १३१३ |
असाेज १० | ८ | १२०७ |
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य
ट्याग : #कोरोना संक्रमण, #संक्रमितको मृत्यु
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्