Techie IT
  • २२ वैशाख २०८२, सोमबार
KhojPatrika

विश्वमा बर्षेनी करिब २ करोड मानिसको हृदयाघात र मुटु रोगका कारण मृत्यु


काठमाडौं । सेप्टेम्बर २९ अर्थात विश्व मुटु दिवस, नेपालमा पनि मनाइएको छ । ‘मन लगाऔं, मुटु बचाऔं’ नाराका साथ मुटुसम्बन्धी जनचेतना बढाउन यो दिवस मनाइएको हो । नेपालमा मुटुरोगीको संख्या दैनिक बढिरहेको छ भने २६ प्रतिशत मृत्यु पनि मुटुकै कारणले हुने गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा बर्षेनी करिब २ करोड मानिसको हृदयाघात र मुटुसम्बन्धी समस्याका कारण मृत्यु हुने गरेको छ ।

नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या दिनानुदिन बढ्दै गएको छ । कुल मृत्यु मध्ये २६ प्रतिशत मृत्यु मुटुरोगबाट हुने गरेको छ । मुटुसम्बन्धी रोगका कारण संसारभरि हरेक वर्ष १ करोड ८० लाख मानिसको मृत्यु हुन्छ । यो एक वर्षमा संसारभरि हुने मृत्युको ३२ प्रतिशत हो । यो तथ्यले मुटुको हेरचाह किन महत्त्वपूर्ण छ भन्ने बताउँछ । मुटुरोगको उपचार ज्यादै महँगो हुने भएकाले हाम्रो जस्तो निम्न आय भएको मुलुकलाई यससम्बन्धी पूर्वाधार बनाउन निकै गाह्रो छ । त्यसकारण यो रोग लाग्न नदिनु नै उत्तम हो । यही अनुपातमा हेर्ने हो भने नेपालमा झन्डै ७६ लाख मानिसमा कुनै न कुनै प्रकारको मुटुरोग लाग्ने गरेको छ ।

अहिलेको अवस्थामा कोरोना भाइरस संक्रमणको जोखिम मुटुरोगी स्वासप्रश्वासको समस्या भएका, क्यान्सरका बिरामी, उच्च रक्तचाप, ६० वर्षमाथिका उमेरसमूहलाई बढी देखिएको मुटुरोग विषेशज्ञ डा अनिल भट्टराइको भनाई छ । मुटु सम्बन्धी समस्या भएको विरामीलाई कोरोनासंक्रमण भएमा मुटुको मांशपेशी झनै कमजोर हुने र मृत्यु हुने संभावना बढेर जाने चिकित्सकको भनाई छ । मुटु रोगीलाई कोभिड–१९ संक्रमण भयो भने यस्ता व्यक्तिको मृत्यु हुनसक्ने वा लामो समयसम्म आइसियु बस्नुपर्ने सम्भावना धेरै हुन्छ ।

यस्तो बिरामीको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनेहुँदा आवश्यक सावधानी अपनाउन आवश्यक छ । मुटु रोगीले विषेशगरि भिटामिनयुक्त खाना, सन्तुलित आहार, प्रसस्त मिनरल पाइने हरियो सागसब्जी खाने, फलफुल खानुपर्छ । मुटु रोगबाट बच्न जीवन शैली, खाानपान र नियमित शारीरिक व्यायायमा ध्यान दिन चिकित्सकको सुझाव छ । अन्य देशको तुलनामा नेपालमा मुटु रोगको उपचार सहज र सस्तो बनाइएको छ ।

खासगरी १५ बर्ष मुनीका बालबालिका र ७५ बर्ष नाघेकाहरुलाई निःशुल्क उपचार गर्ने व्यवस्था छ । यस्तै, गम्भीर मुटु रोगीको उपचारका लािग सरकारले १ लाख रुपैयाा सहयोग गर्ने गरेको छ । नेपालमा कृत्रिम मुटु र मुटुको प्रत्यारोपण बाहेक सबै किसिमको रोगको उपचार हुने गर्छ । उपचारसेवा काठमाडौं केन्द्रीत भएकाले अब सबै प्रदेशमा मुटु उपचार केन्द्र खोल्नुपर्ने आवश्यकता छ । देशभर मुटु सम्बन्धी आवश्यक जनचेतना र उपचारबारे जानकारी दिन सकियो भने केही हदसम्म भएपनि मुटु रोगीको संख्या घटाउन सकिने निश्चित छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #मुटुरोगीको संख्या, #मुटुसम्बन्धी जनचेतना


तपाईको कमेन्ट लेख्नुहोस्