जुम्ल्याहा बच्चा जन्माएकी महिलाको कोरोनाका कारण मृत्यु

बाँके । जुम्ल्याहा सन्तान जन्माएकी कोरोना संक्रमित कञ्चनपुरकी एक महिलाको मृत्यु भएको छ । बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा कञ्चनपुर पुनर्वास नगरपालिका २ की २९ वर्षीय महिलाको मृत्यु भएको हो।
गर्भवती रहँदा रक्तश्रावको समस्या देखिएपछि उनी सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी थिइन । पछि उनको सामान्य डेलिभरी भएकोमा रक्तश्राव नरोकिएपछि बुधबार सेती अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको थियो। महिलामा संक्रमण पुष्टि भएसँगै थप उपचारका लागि धनगढीबाट कोहलपुर ल्याइएको थियो । उपचारकै क्रममा उनको बिहीबार बिहान मृत्यु भएको बताइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #जुम्ल्याहा सन्तान, #संक्रमण पुष्टि
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्