बालुवाटारमा रोकियो भेटघाट र छलफल,सल्लाहकारलाई नै कोरोना देखिएपछि उच्च सर्तकता

काठमाडौं । कोरोनाबाट बच्न निक्कै सुरक्षा अपनाइएको प्रधानमन्त्री निवास बालुवाटारमै कोरोना भित्रियो त्यो पनि ठूलो संख्यामा । प्रधानमन्त्रीका सल्लाहकार सहित ८२ जनामा कोरोना संक्रमण भएपछि नेकपाको सचिवालय बैठक समेत प्रभावित भएको छ । कोरोनाकै कारण आइतबार बोलाइएको नेकपा सचिवालय बैठक समेत स्थगित गरिएको छ । नेपालमा कोरोना भित्रिएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बाहिरबाट जाने जो कोही ब्यक्तीलाई पनि उच्च स्वास्थ्य सावधानीपछि मात्रै प्रबेश दिइन्थ्यो ।
बालुवाटारभित्र बैठकमा जाने सञ्चारकर्मीलाई समेत गेटमै रोकिने बालुवाटारमा कसरी भित्रियो कोरोना । शनिबार प्रधानमन्त्रीका ३ सल्लाहकार र एक फोटो पत्रकारसहित ८२ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भयो । सल्लाहकारहरुले नै आफूलाई कोरोना भाइरस भएको सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बालुवाटारमा कोरोना भित्रिएपछि राजनीतिक नियुक्ति र मन्त्रिपरिषद् पुनर्ठनलगायतका एजेन्डामा छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक पनि अनिश्चित भएको छ । शनिबार पनि चार बजे बस्ने भनिएको बैठक आइतबारसम्मका सारिएको थियो । प्रधानमन्त्री ओली शनिबारदेखि नै आइसोलनमा छन् । थप सर्तकता अपनाउँदै प्रधानमन्त्री ओलीले सबै भेटघाट बन्द गरेका छन् ।
केहीदिन अघि पार्टीमा सल्लाह नै नगरी गरिएका नियुक्तिले नेकपामा फेरि विवाद ल्याइदिएको छ । अध्यक्षद्धय ओली र पुष्पकमल दाहालबीच सचिवालय बैठकको मुख्य एजेण्डा नियुक्तिलाई बनाई छलफल गर्ने समझदारी गरेका थिए । तर, कोरोनाकै कारण नेकपामा बल्झिन लागेको विवाद केही समय लम्बिने देखिएको छ । असोज ४ मा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिबारे सरकारबाट निर्णय गर्नका लागि आधार तयार गर्ने निर्णय गरिएको थियो । अझ् सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्न अध्यक्षद्धय र महासचिवलाई दश दिनको म्याद दिइएपनि त्यो पूरा हुन सकेको छैन् ।
मन्त्रिपरिषद् पुनर्गठनबारे अध्यक्षद्धयबीच निरन्तर छलफल चलेपनि सहमति जुट्न सकेको छैन् । सचिवालय बैठकमा यी ऐजेण्डामा छलफल गर्ने भनिएपनि अन्तत् बैठक नै स्थगित भएको छ । नेकपामा केन्द्रीय आयोगहरू, केन्द्रीय सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च, पोलिटब्यूरो, केन्द्रीय विभागहरू, प्रदेश, सम्पर्क कमिटी र स्थानीय तहका कमिटीहरू, जनवर्गीय संगठनहरू र प्रवास क्षेत्रको संगठनात्मक एकीकरणका साथै सम्पत्ति र अभिलेखको समेत एकीकरण सम्पन्न गर्नेलगायतका काम बाँकी छन् । तर, प्रधानमन्त्री ओलीको सचिवालयका सदस्यहरु नै कोरोना संक्रमित भएपछि जोखिमका कारण बैठक अनिश्चितकालका लागि स्थगित गरिएपनि अव सम्भवत दशैँ अघि बैठक बस्ने संम्भावना न्युन छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #आइसोलनमा, #प्रधानमन्त्री निवास बालुवाटार, #सल्लाहकार
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्