नेपालमा अहिलेसम्मकै धेरै संक्रमित फेला,एकैदिन ३ हजार ४ सय ३९ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार २ सय ९ नमुना परीक्षण गर्दा ३ हजार ४ सय ३९ जनामा कोरोना पुष्टि भएको हो । यसअघि २ हजार ७ सयभन्दाबढी एकैदिन संक्रमित थपिएका थिए । बुधबार थपिएका संक्रमितमध्ये १ हजार ६ सय ८४ जना काठमाडौं उपत्यकाका छन् ।
काठमाडौंमा १ हजार २ सय ९६, भक्तपुरमा ९५ ललितपुरमा २ सय ९३ जना संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ । यसैबीच नेपालमा पहिलो पटक संक्रिय संक्रमितको संख्या २५ हजार जना नाघेको छ । बुधबार ३ हजार ४ सयभन्दा धेरै संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघेपछि लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको थियो । तर, उक्त निष्कर्षअनुसार सरकारले लकडाउन गर्ने सम्भावना भने कम देखिन्छ ।
सक्रिय संक्रमितमध्ये ४ हजार ४ सय ११ होमआइसनेलेसन र १० हजार ५ सय ९६ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २ सय ३३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालहरूमा बेडको अभाव हुँदै गएको जनाएको छ ।
काठमाडौंमा संक्रमितहरूको व्यवस्थापन गर्न थप चुनौती देखिएको प्रवक्ता गौतम बताउँछन् । डाक्टर गौतमले संक्रमितको उपचार सरकारी र निजी दुवै अस्पतालहरूले गर्न आवश्यक रहेको पनि जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ४ सहित १५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै संक्रमित मृतकको संख्या ५ सय ७८ जना पुगेको छ । संक्रमितमध्ये ० दशमलव ६१ प्रतिशतको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र १ हजार १ सय २६ जना संक्रमणमुक्त भएका छन् । ६८ हजार ६ सय ६८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको कुल प्रतिशत ७२ दशमलव ८ प्रतिशत रहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #संक्रमण पुष्टि, #सक्रिय संक्रमितको संख्या
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्