Techie IT
  • १७ वैशाख २०८२, बुधबार
KhojPatrika

काठमाडौं उपत्यकामा कोरोनाको त्रास बढेपनि छैन् सर्तकता


काठमाडौं । पछिलो समय उपत्यकामा कोरोना संक्रमणको दर उकालो लागेसंगै नागरिकमा त्रास फैलिएको छ । कोरोना संक्रमणले डरलाग्दो रुप लिए पनि दैनिक गुजाराका लागि काम गर्नुपर्ने बाध्यता सर्वसाधारलाई छ । सरकारले कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसक्दा आफूहरु जोखिममा परेको उनीहरुको गुनासो छ । काठमाडौंकी सोभिया श्रेष्ठ सुरक्षाको मापदण्ड पालना गरी सबैलाई घरै बस्न सुझाब दिन्छिन् ।

नागरिक आफै सचेत नभए संक्रमण अझै फैलिदै जाने उनको बुझाई छ । उनले त फेरी एकपटक लकडाउन गरेर कोरोना संक्रमण नियन्त्रण गर्नुपर्ने सुझाब सरकारलाई दिएकी छिन् । त्रास दैनिक बढ्दो छ तर, काठमाडौं उपत्यकामा स्वास्थ्य सर्तकता भने देखिदैन । भिडभाड उस्तै छ बजारमा अनि सार्वजनिक सवारी साधनमा समेत कुनै सर्तकता अपनाएको देखिदैन ।

संक्रमण फैलिएको लामो समय बितिसक्दा पनि सरकारको पक्षबाट नियन्त्रणकोलागी ठोस कदम चाल्न नसकेकै कारण स्थिती यो अवस्थामा आएको भन्दै कतिपय नागरीक आक्रोषित बनेका छन् । लामो समयको बन्दाबन्दिको अनुभव नागरिकले राम्रोसँग भोगिसकेका छन् ।

नागरिकको यस्ता समस्या समाधान गर्दै रोग नियन्त्रणमा सरकारले उचित कदम चाल्नै पर्छ । नत्र स्थिति भयावह हुने सजिलै अनुमान गर्न सकिन्छ । रोग ले भन्दा भोक र चिन्ताले मानिसको ज्याननै जाने स्थिति नआवस ।


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण, #भिडभाड उस्तै छ बजारमा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं