Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

सबै अस्पतालका भेन्टिलेटर र आसियू भरिभराउ,सामान्य बेड समेत छैन् खाली


काठमाडौं । नेपालमा एकैदिन ४ हजारभन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण हुन्छ भनेर कसैले पनि सोचेका थिएनन् । तर पछिल्ला दिनमा कहिले २ हजारभन्दा धेरै, कहिले ३ हजार भन्दा धेरै त कहिले चार हजारभन्दा धेरैमा संक्रमण भइरहेको छ । संक्रिय संक्रमितको संख्या २७ हजार पुगिसकेको छ । यस्तो अवस्थामा संक्रमितको उपचारका लागि भौतिक पूर्वाधारको अभाव चुलिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३ हजार ४ सय ३९ जना नया कोरोना संक्रमित थपिए जसमध्ये उपत्यकामा मात्रै १ हजार ६ सय ८४ संक्रमित थपिए । त्यस्तै शनिबार त्यो संख्या बढेर ४ हजार ३ सय ६४ जना नया संक्रमित थपिए । जसमध्ये काठमाडौ उपत्याकामा मात्र २ हजार ५ सय ४० जना संक्रमित थपिए । शुक्रबार २ हजारभन्दा धेरै कोरोना संक्रमित थपिए जसमध्ये काठमाडौ उपत्यमामा मात्र १४ सयभन्दा धेरै नया कोरोना संक्रमित थपिएका छन् ।

दिनप्रतिदिन धेरै संख्यामा संक्रमित देखिन थालेपछि मन्त्रालयले काठमाण्डौ उपत्यकामा संक्रमितका लागि उपचार गर्न अस्पताल तथा बेड अभाव रहेको स्वीकार गरिसकेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बेड क्षमताभन्दा बढी संक्रमितलाई राख्नुपर्ने अवस्था छ । उक्त अस्पतालको ५ क्याबिनसहित २५ बेडको आइसोलेसेन सेन्टर खचाखच भरिएको छ । २० बेडको आईसीयू र ६ बेडको भेल्टिलेटर पनि खाली छैन ।

वीर अस्पतालमा ३ सय आइसोलेसनमा २६ वटा आईसीयू र २६ भेन्टिलेटर प्रयोग भइरहेको अस्पतालले जनाएको छ । नयाँ संक्रमित थपिए राख्ने ठाउँ छैन ।त्रिवि शिक्षण अस्पतालको अवस्था पनि उस्तै छ । अहिले उक्त अस्पतालमा कोरोना संक्रमितको लागि छुट्टाइएका आइसिुयुर भेन्टिलेटर भरिएका छन् ।

नया विरामी अस्पताल लैजानु परे न आइसियु नै छ न भेन्टिलेटर नै । सरकारी मात्र होइन, निजी अस्पतालहरुमा समेत कोभिडका लागि छुट्याइएका बेड भरिएका छन् । स्टार अस्पतालले कोभिडका विरामीका लागि २० आइसोलेसन, २ आईसीयू र २ भेन्टिलेटर बेड छुट्याएको थियो । यो सबै भरिएको छ । उपत्यकामा रहेको अन्य अस्पतालहरुको अवस्था पनि यस्तै छ । कुनै अस्पतालहरुमा समेत कोरेना संक्रमितले उपचार पाउन सक्ने अवस्था छैन् । अधिकांश अस्पतालमा कोभिडका लागि छुट्याइएको आईसीयू र भेन्टिलेटर वेड भरिएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य
ट्याग : #आइसोलेसन, #कोरोना भाइरस संक्रमण, #भेन्टिलेटर

तपाईको कमेन्ट लेख्नुहोस्