Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना पुष्टि,एकैदिन थपिए ५ हजार ८ संक्रमित


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री भट्टराईले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गरेका छन् ।

गत सोमबार कोरोना परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा उनी काठमाडौं बाहिरका केही कार्यक्रममा सहभागी भएका थिए । शुक्रबार उपत्यकाबाहिरको कार्यक्रमबाट निवासमा फर्केपछि आफूमा हल्का ज्वरोको महशुस भएको भट्टराईले जानकारी दिएक छन् । त्यसपछि उनले आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको आएको हो । स‌ंघीय सरकारका मन्त्रीमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो पटक हो ।

त्यस्तै, नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार नजिक पुगेको छ। शनिबारसम्म देशभर सक्रिय संक्रमितको ३० हजार ८ सय १८ पुगेको छ । संस्थागत आइसोलेशनमा १३ हजार ६ सय ५४ र होम आइसोलेशनमा १७ हजार १ सय ६४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १९ हजार ३ सय २० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ ।

आज संक्रमित भेटिएर नयाँ रेकर्ड कायम भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ। संक्रमित मध्ये ७४ हजार २ सय ५२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या १ हजार २ सय २९ रहेको छ । यस्तै आज थप १४ जनाको कोरोनाबाट मृत्यु भएसँगै मृतकको कुल संख्य ६ सय १४ पुगेको छ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य
ट्याग : #कोरोनाभाइरसको सक्रिय संक्रमित, #योगेश भट्टराई

तपाईको कमेन्ट लेख्नुहोस्