२८ औं दिनमा तोडे डाक्टर गोविन्द केसीले अनसन,अस्पतालकै कर्मचारीबाट खाए जुस

काठमाडौं । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न माग गर्दै अनसनरत डाक्टर गोविन्द केसीले २८ औँ दिनमा सत्याग्रह तोडेका छन्। डाक्टर केसीले त्रिवि शिक्षण अस्पतालको आगनमा अस्पतालका कर्मचारी विकास नेपालीको हातबाट जुस खाएर सत्याग्रह तोडेका हुन्। विकास नेपाली कोरोना संक्रमण भएर निको भएका कर्मचारी हुन्।
डाक्टर केसी र सरकारी टोलीबीच शनिबार राति ११ बजे ८ बुँदे सहमति भएपछि उनी सत्याग्रह तोड्न सहमत भएका थिए । शनिबार राति ११ बजे त्रिवि शिक्षण अस्पतालमा सरकार र डाक्टर केसी पक्षका प्रतिनिधिबीच भएको वार्तापछि ८ बुँदे सहमति भएको थियो।
सहमति पत्रमा सरकारका तर्फबाट सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा गोविन्द केसीले हस्ताक्षर गरेका थिए। उक्त सहमतिपछि केसीले १९ औँ सत्याग्रहको २८ औँ दिनमा अन्त्य गरेका हुन्।
के छ सहमतिको ८ बुँदामा
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #गोविन्द केसी, #जुस खाएर सत्याग्रह तोडे
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्