कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको पद धरापमा,१८ सांसदले बुझाए अविश्वासको प्रस्ताव

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । नेकपाका १८ जना सांसदहरुले आइतबार हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका छन् । त्यसपछि सांसदहरुको टोली आइतबार दिउँसो नै प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएका हुन् ।
अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा पूर्वमन्त्री यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाहलगायत रहेका छन् । मुख्यमन्त्री शाहीले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाइएको छ ।
मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरु
यामलाल कँडेल (सुर्खेत)
चन्द्रबहादुर शाही (मुगु)
करवीर शाही (जाजरकोट)
कुर्मराज शाही (कालिकोट)
अम्मरबहादुर थापा (दैलेख)
सुशीलकुमार थापा (दैलेख)
मीनासिंह रखाल (दैलेख)
दानसिंह परियार (मुगु)
पद्म रोकाय (जुम्ला)
पद्मा खड्का (सुर्खेत)
कौशिलावती खत्री (जाजरकोट
पुष्पा धर्तीमगर विष्ट (सुर्खेत)
राजु नेपाली (सुर्खेत)
धर्मराज रेग्मी (दैलेख)
खड्कबहादुर खत्री (सुर्खेत)
ठम्मर विष्ट (सुर्खेत)
बद्मीक्वारी बोहोरा (डोल्पा)
देवी ओली (रुकुम पश्चिम)
क्याटेगोरी :
जनप्रतिनिधि,
प्रमुख समाचार,
ब्रेकिंग न्युज,
राजनीति,
समाचार
ट्याग : #अविश्वासको प्रस्ताव, #महेन्द्रबहादुर शाही
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्