Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

एकैदिन कोरोनाबाट १८ जनाको मृत्यु, थपिए ३ हजार ५ सय ५६ जना संक्रमित


काठमाडौं । पछिल्लो २४ घण्टामा १५ हजार ५ सय ७७ जनाको पीसीआर गर्दा नेपालमा ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित भेटिएका छन । काठमाडौ उपत्यकामा २ हजार १ सय २९ जना सहित देशभर ३ हजार ५ सय ५६ संक्रमित भेटिएका हुन । जसमध्ये काठमाडौंमा १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ जना नयाँ संक्रमित थपिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।

यस्तै २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ । योसगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ६३ पुगेको छ । कोरोना संक्रमण पश्चात १ हजार ५ सय ३ जना कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरानामुक्त भएकासँगै निको हुनेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि गरिने एन्टिजेन बेस्ड टेस्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यताप्राप्त ल्याबले मात्र गर्न पाउने निर्णय गरेको छ । उक्त टेस्टको शुल्क अधिकतम एक हजार हुने बताइएको छ ।

मन्त्रालयले सो शुल्क परिमार्जन गर्दै जाने समेत बताएको छ । मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई पत्र पठाई एफडिए, इयुएबाट मान्यताप्राप्त र स्वास्थ्य सेवा विभागबाट मान्यताप्राप्त किटहरु मात्र सूचीकृत गर्न समेत निर्देशन दिएको छ । बायोसेफ्टी प्रोटोकल नमुना संकलन विधि तोकेबमोजिम हुने र नमुना संकलन विधि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेबमोजिम हुने मन्त्रालयले जनाएको छ ।

परीक्षण पोजिटिभ आएमा काठमाडौंमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सम्बन्धित स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिलाई दिनुपर्ने र नेगेटिभ आएमा सम्बन्धित व्यक्तिलाई रिपोर्ट दिइने मन्त्रालयको भनाई छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा १५ हजार ४८ र २० हजार ८ सय ६७ जना होम आइसोलेसनमा रहेका छन् । मन्त्रालयका अनुसार ६६ जना भेन्टिलेटर र ३ सय ७ जना आसियूमा रहेका छन् ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य
ट्याग : #कोरोना संक्रमित, #नयाँ संक्रमित थपिए

तपाईको कमेन्ट लेख्नुहोस्