Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

सरकारको निर्णयले अन्य बिरामी समस्यामा, भर्ना लिनै मान्दैनन् अस्पतालहरु


काठमाडौं । लक्षण भएका कोरोना संक्रमितहरुले अस्पतालमा बेड पाउन छोडेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको इन्सिडेन्ट कमाण्ड सिस्टमले तीन वटा निर्णय ग¥यो । उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र आकस्मिक बाहेकका सबै शल्यक्रियाहरु नगर्ने अस्पतालहरुले होटलसँग मिलेर आइसोलेसन सेन्टर चलाउन चाहे अनुमति दिने सरकारले निर्णय गरेको हो ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल समेत उपस्थित बैठकले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गर्यो । लक्षण भएकाहरु संक्रमितहरुले बेड नपाउनुका साथै कतिपय अस्पतालले कृत्रिम अभाव देखाएर विरामी फर्काउन थालेको भन्दै मन्त्राललयले उतm निर्णय गरेको जनाएको छ । कोभिड अस्पतालमा रुपान्तरण भएपनि इमजेन्सी र ओपीडी सेवा कायमै रहने बताइएको छ ।

सरकारी अस्पतालहरु मध्ये पनि प्रसुति गृह, कान्ति बाल अस्पताल, ट्रमा सेन्टर र राष्ट्रिय हृदयरोग केन्द्र जस्ता विशेषज्ञ सेवाका अस्पतालमा भने सम्बन्धित रोगकै बिरामीलाई राखिने छ । त्यस्तै, मन्त्रालयलले अस्पतालहरुलाई इमर्जेन्सी बाहेक अरु शल्यक्रियाहरु तत्काल नगर्न आदेश दिएको छ । आईसीयू र भेन्टिलेटरको अभावलाई केही हदसम्म कम गर्ने उदेश्यले सबै अस्पतालमा ओपीडी चलाएर आकस्मिक बाहेक अरुलाई नराख्दा कोभिड संक्रमितले नै बेड पाउने बिस्वास गरिएको छ । तर अहिलेकै अवस्थामा इमर्जेन्सीकै विरामीले समेत शल्यक्रिया गर्न पाएका छैन्न ।

पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै छ । यहि अवस्था रहने हो भने सरकारले अहिलेसम्म ल्याएका संरचनाहरुले धान्नै मुस्किल पर्छ । सरकारी अस्पतालहरुलाई कोभिड अस्पताल बनाउनु भन्दा पनि कोभिडका विरामीहरुका लागि कोभिडको छुट्टै उपचार कक्ष बनाउनु पर्ने हो । तर, सरकारले भने यसबारेमा चासो दिएको छैन् । भैरहेका र रेडिमेट ठाउहरुमा अन्य विरामीको सेवा सुविधा कटौती गरि उपचारका लागि योजना अधि सारेको छ । त्यस्तै मन्त्रालयको अर्काे निणर्य अस्पतालले होटलसँग मिलेर आइसोलेसन सेन्टर सञ्चालन गर्न चाहन्छ भने अनुमति दिने हो ।

उपत्यकामा अहिले केही अस्पतालले होटल आइसोलेसन सञ्चालन गरेका छन् । तर, त्यसको अनुगमन गर्न नसकेको सरकारले पुन यस्तो निर्णय गरेको हो । सरकारले गरेको निर्णय अनुसार सरकारी अस्पतालहरुलाई कोभिड अस्पताल बनाउने हो भने आगामी दिनमा अझै धेरै जटिल प्रकारका विरामीको संख्या बढ्न सक्ने सहजै अनुमान गर्न सकिन्छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #आईसीयू र भेन्टिलेटर, #कोरोना संक्रमित

तपाईको कमेन्ट लेख्नुहोस्