Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

थपिए ३ हजार ७९० कोरोना संक्रमित,एकैदिन १८ जनाको मृत्यु 


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ७ सय १४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । आजै काठमाडौं उपत्यकामा मात्रै २ हजार ३ सय ८८ संक्रमित थपिएका छन् । काठमाडौंमा २ हजार ८ , भक्तपुरमा ९९  र ललितपुरमा २ सय ८१ जनालाई कोरोना पोजेटिभ देखिएको छ । यो सँगै संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ । यसैबीच आज २४ घण्टामा २ हजार ३ सय ३५ जना कोरोनामुक्त भएका छन् । यो सँगै कोरोना संक्रमण पश्चात ९४ हजार ५ सय १ निको भएका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ६९.५ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिर्घरोगी बालबालिका र गर्भवती महिला तथा तत्कालै शल्यक्रिया गरेका व्यतिमा कोरोनाको जोखिम बढी हुने भएकोले उक्त व्यतिहरु सकेसम्म घरबाट ननिस्कन र निस्कनु परेका बढी भिडभाड हुने स्थानहरुमा नजान आग्रह गरेको छ ।
मन्त्रालयले सर्वजनिक गरेको निर्णयमा नागरिकले असन्तुष्ट जनाएको भन्दै उक्त कुरालाई खण्डन गरेका छन् । कोरोना संक्रमितको उपचारका लागि सामान्य खर्च गर्नसक्नेले सरकारलाई सहयोग गर्न र यसो गर्दा असहाय,अशक्त र न्युन वर्गको उपचारमा सहयोग हुने बताएको छ । सव व्यवस्थापनको सम्बन्धमा गलत प्रचार भएको बताउदै विभिन्न संघ संस्था र परिवारहरुबाट मृतकको दाहासंकार परम्परागत अनुसार गर्न पाउनुपर्ने माग राख्दै आएकोले गरेको निर्णय हुदा सरकारले गर्दे भन्ने जस्तो भ्रममा नपर्न आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या  ४० हजार ७ सय ७८ पुगेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सक्रिय संक्रमितमध्ये १३ हजार ८ सय ५१ जना संस्थागत आइसोलेशनआइसोलेशन र २६ हजार ९ सय २७ होम आइसोलेशनमा रहेको सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । देशभरका क्वारेन्टिनमा ४ हजार ७० जना रहेका छन् । पिसिआर विधिबाट अहिले सम्म १३ लाख ९ सय १८ पिसिआर परिक्षण भएको छ । देशभरका अस्पतालका आइसियुमा २ सय ८२ र भेन्टिलेटरमा ६३ जना संक्रमित उपचार्त रहेका छन् । ५ सय भन्दा बढी संक्रमितरहेका जिल्लाहरुमा मोरङ सुनसरी मकवानपुर सुरखेत ललितपुर काठमाडौ चिवन कास्की भतपुर दाङ बाँके रुपन्देही रहेका छन् । मुस्ताङमा शुन्य संक्रमित रहेको छ ।

क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #नेपालमा कोरोना संक्रमण

तपाईको कमेन्ट लेख्नुहोस्