नेकपामा ओली बिरुद्ध गुटबन्दी,एक हुँदै प्रचण्ड–नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली फेरी पार्टीका शिर्ष नेताहरुको बलियो गुटबन्दीको शिकार बन्ने अवस्थामा पुगेका छन् । एकलौटी रुपमा संबैधानिक नियुक्ति र मन्त्रिमण्डल विस्तारमा समेत आफ्नो गुटका नेतालाई मात्र प्राथमिकता दिएका प्रधानमन्त्री ओली बिरुद्ध अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, नेता झलनाथ खनाल लगायतले नयाँ गुटबन्दी गर्न लागेका हुन् । एक व्यक्ति दुई पदको सुविधा खोस्नुपर्ने र पार्टी तथा सरकारका हरेक निर्णय पार्टीको शिद्धान्त बिधि अनि सहमतिका आधारमा हुनुपर्ने भन्दै यसअघि ओली बिरुद्ध पार्टी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधबकुमार नेपाल, झलनाथ खनाल, बामदेब गौतम लगायतका शिर्ष नेताहरुले प्रधानमन्त्री ओली बिरुद्धको बलियो गुट बनाएका थिए ।
यद्यपी राष्ट्रिय सभामा लग्ने सहितका उधारो आश्वासनमा पार्टी उपाध्यक्ष समेत रहेका नेता गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पक्षमा पारेर आन्तरिक बिवाद केही मथ्थर पारेपनि अहिले झनै बल्झिने अवस्थामा पुगेको छ । प्रधानमन्त्री ओलीकै जोडबलमा सरकारले असोज १५ गते पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा, राजीनामा दिएका मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतका लागि सिफारिस गर्ने र नयाँ मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेसँगै नेकपामा केही खटपट सुरु भएको थियो ।
पार्टीमा छलफल गरेर सहमतिका आधारमा अघि बढ्ने सचिवालय र स्थायी समितिको निर्णय लत्याएर प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पुन : एकलौटी ढंगले अघि बढेको भन्दै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल रुष्ट बनेकै समयमा पुन मन्त्रिमण्डले ११ पटक विस्तार पायो । असोज २८ गते पार्टीमा छलफल नै नगरि आफ्नो गुटबाट विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएपनि नेकपामा बिवाद र असन्तुष्टी थप चुलिएको छ ।
स्थायी समितिको बैठकको निर्णय अक्षरस पालना गर्नुपर्नेमा नेताहरु उभिएका छन् । अध्यक्ष द्धय तथा पार्टीका नेताहरुको सहमतिमा पार्टी र सरकार चलाउने तथा महत्वपूर्ण निर्णय गर्ने सहमति भएपनि प्रधानमन्त्री ओली एकलौटी निर्णय गर्ने प्रबृत्तिबाट नसुध्रिएको नेताहरुले आरोप लगाउन थालेका छन् । यसपछि त अध्यक्ष द्धयबीच चास दिन भेटवार्ता नै हुन सकेन । सहमतिका आधारमा पार्टी र सरकार चलाउने निर्णयमा प्रधानमन्त्री ओली आफै बिचलित भएको आरोप प्रचण्ड र नेपाल समूहले लगाइरहँदा कर्णाली प्रदेशमा पूर्व माओवादी र नेपाल पक्षका सांसदहरुले नयाँ गठबन्धन नै सुरु गरेका छन् ।
अझ, प्रदेश सरकार संघको मातहतमा हुनुपर्छ भन्दै आएका प्रधानमन्त्री ओलीले कर्णालीको विवाद पनि दुई अध्यक्षले मिलेर समाधान गर्नुपर्ने प्रस्ताव गर्दा अध्यक्ष प्रचण्डले संघीयताको मर्म र भावना अनुसार प्रदेश सरकारबारे त्यहीँको पार्टी र प्रदेश सभाले निर्णय लिनुपर्ने भन्दै प्रधानमन्त्रीको प्रस्तावमा फरक मत राखेका छन् । आफ्नो गुटलाई मात्रै प्राथमिकता दिन थालेपछि पुन ओली बिरुद्धको मोर्चाबन्दी सुरु भएको छ ।
जो कोही नेता पार्टी पद्धती र सहमतिका आधारमा चल्नुपर्ने भन्दै नेताहरुले असन्तुष्टी व्यक्त गर्न थालेका छन् । राष्ट्रिय सभामा मनोनित पाएका गौतम पनि पछिल्लो समय प्रधानमन्त्री ओलीसँग चिढिएका छन् । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालका अलावा उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एक ठाउँमा उभिएर प्रधानमन्त्री बिरुद्ध नयाँ ढंगले मोर्चाबन्दी हुने सम्भावना बढ्दैगर्दा कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय लिएर प्रधानमन्त्री ओली जनस्तरमा समेत थप आलोचित बनेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री केपी शर्मा, #माधबकुमार नेपाल
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्