Techie IT
  • ६ वैशाख २०८२, शनिबार
KhojPatrika

प्रमुख राजनीतिक दलहरु महाधिबेशनको मिति घर्किनै लाग्दा पनि अलमलमा,गतिलो बहाना कोरोना


काठमाडौं । यसबर्ष अर्थात २०७७ साललाई महाधिबेशन बर्षका रुपमा देशका प्रमुख राजनीतिक दलहरुले लिएका थिए । सत्तापक्ष दल नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल र राप्रपाले यसै बर्ष महाधिबेशन गर्ने भनी मिति समेत घोषणा गरिसकेका थिए । तर, देशमा फैलिएको कोरोना महामारीका कारण महाधिबेशन त परै जावस् केन्द्रिय समिति बैठक समेत बस्न नसक्ने अवस्थामा दलहरु पुगेका छन् । यसले दलहरुले तोकिएकै मितिमा महाधिबेशन हुने लगभग टरेको छ ।

सत्तारुढ दल नेकपाले २०७७ सालको चैत २५ देखि ३० गतेसम्म पार्टीको महाधिबेशन गर्ने निर्णय गरीसकेको छ । माघ १५ गतेदेखि १९ गतेसम्म चलेको नेकपा केन्द्रीय समितिको बैठकले चैतमा महाधिबेशन गर्ने निर्णय गरेको थियो । भदौदेखि मंसिरसम्म पार्टीका पालिका, नगर, जिल्ला र केन्द्रको अधिबेशन सक्ने तालिका बनाएको नेकपालाई कोरोना महामारीले रोकिदियो । देशका शक्तिशाली पार्टीका नेताहरुले महाधिबेशनबाट आफ्नो शक्ति परीक्षण गर्ने अवस्था भने कोभिडकै कारण अनिश्चित बनेको छ ।

त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि २०७७ सालको फागुनमा महाधिबेशन गर्ने निर्णय गरेको भएपनि महाधिबेशनको तयारी हुन नसक्दा तोकिएकै मितिमा महाधिबेशन हुन नसक्ने काँग्रेस नेताहरुले नै बताउँदै आईरहेका छन् । त्यसै गरी तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भइ बनेको जसपा नेपालले पनि जेठमा महाधिबेशन गर्ने निर्णय गरेपनि कोरोनाकै कारण महाधिबेशन अन्यौल ग्रस्थ बनेको छ । त्यसरी नै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि २०७७ सालमा पार्टीको महाधिबेशन गर्ने निर्णय गरेको थियो ।

राप्रपाको केन्द्रीय महाधिबेशन २०७७ जेठ २५ मा हुने भनिएपनि कोरोना महामारीका कारण स्थगित बन्दै आईरहेको छ । राजनीतिक दलहरुले महाधिबेशन अन्यौलता तर्फ धकेलिनुको मुख्य कारण कोभिड–१९ मात्रै हो या दलहरुभित्रको खिचातानी । त्यो भने भन्न सकिने अवस्था छैन । देशका चार ठुला पार्टीले एउटै बर्ष महाधिबेशनको मिति तोकेपछि २०७७ साल महाधिबेशन बर्ष हुने पक्कापक्की थियो । तर, कोरोनाकै कारण २५ जना भेला हुन नसक्ने अवस्थामा कसरी हजारौ कार्यकर्ता भेलाभई महाधिबेशन गर्न सकिएला । तर बिश्वका बिभिन्न मुलुकहरु भने बिभिन्न निर्वाचनहरु कोरोनाको भिडकै समयमा गर्न सक्ने हाम्रा राजनीतिक दलहरुले किन नसक्ने भन्ने प्रश्न पनि उठिरहेको छ ।

बिश्वका बिभिन्न मुलुकले अपनाएको प्रबिधिमैत्री बनेर दलहरुले आ–आफ्नो महाधिबेशन गर्न सक्छन कि सक्दैनन् । अमेरीकामा राष्ट्रपतीको निर्वाचनमा कुनै परिमार्जन नहुने अन्य मुलुकमा भने कतै कतै निर्वाचन प्रभावीत नभई तोकिएकै समयमा गर्न सकिने तर नेपालमा चाँही दलहरुको महाधिबेशन किन गर्न नसकिने भन्ने प्रश्न सवै राजनीतिक दलहरु माथि उठ्न थालिसकेको छ । महाधिबेशन भनेको पार्टीलाई जिवन्त मात्रै राख्ने नभई पार्टीले बोक्ने सिद्धान्तको समेत प्रतिनिधित्व गर्ने प्ल्ेटफर्म हो ।

नेपालको संविधानमै पार्टीको महाधिबेशन तोकिएकै मितिमा गर्नुपर्ने प्रावधान रहे पनि किन दलहरु आफुले बनाएको बिधान नै कुल्चेर अघि बढ्न खोज्दैछन् । होईन भने महामारीको रुपमा फैलिएको कोरोना संक्रमण शून्यमा झर्न ५ बर्ष लाग्ला रे ? त्यो अवस्थामा महाधिबेशन नगरी पार्टीलाई अनिर्णयको बन्दी बनाएर राख्ने त ? बिश्वले निर्वाचनमा अपनाएको बैकल्पीक ब्यवस्था अपनाउनतर्फ पनि छलफल हुन दलहरुकै लागि हितकर हुनेछ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #जनता समाजवादी पार्टी, #नेकपा, #प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस

तपाईको कमेन्ट लेख्नुहोस्