फेरि बढ्यो कोरोना संक्रमण, एकैदिन ३ हजार ५ सय १७ संक्रमित भेटिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय १७ कोरोनाभाइरस संक्रमित थपिएका छन् । दशभरका प्रयोगशालामा गरिएको १४ हजार ९ सय ८९ जनाको परिक्षणका क्रममा यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ५ सय ८, ललितपुरमा २ सय ४९ र भक्तपुरमा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । जनसंख्या मन्त्रालयस्वास्थ्य मन्त्रालयले अध्यावधिक गरेको विवरण अनुसार काठमाडौं उपत्यकामा ७ सय ८१ महिला तथा १ हजार १ सय ७ पुरुष गरि कुल १ हजार ८ सय ८८ संक्रमित थपिएका छन् ।
शुक्रबार थपिएका संक्रमित संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ४ हजार ९६ रहेको छ । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ रहेको मन्त्रालयले जनाएको छ । यो कुल संक्रमितको ७६.७ प्रतिश हो । २४ घण्टामा १६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । नेपालको कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ । यो कुल संक्रमितको ०.६ प्रतिशत हो । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित ३८ हजार ३५७ जना रहेका छन्, जुन संक्रमितमध्ये २२.८ प्रतिशत हो ।
काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या १९ हजार ७ सय ५२ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौंमा हाल १६ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुनेको संख्या ४४ हजार २ सय ८८ रहेको छ । २ सय १२ जनाको मृत्यु भएको काठमाडौंमा हालसम्म जम्मा संक्रमित ६० हजार ७ सय ४२ जना रहेका छन् । यसैगरी भक्तपुरमा सक्रिय संक्रमित १ हजार १ सय ६५ रहेका छन् भने निको हुनेको संख्या ४ हजार ४ सय २२ रहेको छ ।
अहिलेसम्म ६३ जनाले ज्यान गुमाएको भक्तपुरमा कुल संक्रमित ५ हजार ६ सय ५० पुगेको छ । यसैगरी ललितपुरमा सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ४५ रहेको छ भने निको हुनेको संख्या ६ हजार १ सय ९६ रहेको छ । हालसम्म ५८ जनाले ज्यान गुमाएको ललितपुरमा जम्मा संक्रमित ८ हजार ५ सय ९९ जना रहेका छन् । । देशभरका क्वारेन्टििनमा २ हजार ६ सय ६६ जना रहेका छन् । त्यस्रगरि देशभरका आइसियुमा ३ सय जना र भेन्टिलेटरमा ७१ जना कोरोना संक्रमित उपचारत रहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोनाभाइरस संक्रमित
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्