नेकपा विवादमा राष्ट्रपति भण्डारीको चासो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमबीच शितलनिवासमा भेटवार्ता भएको छ । मंगलबार अपरान्ह शितलनिवासबाट बोलाइएपछि गौतम राष्ट्पति भेट्न शितलनिवास पुगेका थिए ।
नेकपाभित्र आन्तरिक संकट गहिरिँदै गएपछि राष्ट्रपति भण्डारीले पार्टी एकताबारे चिन्ता र चासो व्यक्त गरेकी छन् । उपाध्यक्ष गौतमले पार्टीभित्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए । भेटमा राष्ट्रपतिले विगतमा पनि नेकपामा विवाद हुँदा भूमिका खेलेको भन्दै यसपाली पनि उस्तै भूमिका निभाउन गौतमलाई सुझाव दिएकी हुन् ।
जवाफमा गौतमले नेकपाको एकताका लागि आफ्नोतर्फबाट भूमिका खेल्ने बचन दिएको बताइएको छ । गौतमले राष्ट्रपतिलाई ‘पार्टी एकतासहित विधि र पद्धती स्थापित गर्ने कुरामा गम्भिरताका साथ लागिरहेको जानकारी गराएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #राष्ट्रपति विद्यादेवी भण्डारी
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्