नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या हजार नाघ्यो, एकैदिन २० जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ८ सय ६७ पुरुष र १ हजार २ सय ४७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित मध्ये काठमाडौ १ हजार ४ सय ६८ जना रहेका छन् । यो सँगै संक्रमितको संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ ।
यस्तै नेपालमा कोरोना संक्रमण पश्चात पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४२ जना निको भएका छन् । हालसम्म १ लाख ४१ हजार १ सय ३४ जना कोरोना संक्रमण पश्चात निको भएका छन् । कोरोना संक्रमण पश्चात पनको हुने दर ७८.६ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमिमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण पुष्टिभई मृत्यु हुनेको कुल प्रतिशत ०.६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । देशभरका अस्पतालका आइसियुमा ३ सय ७२ र भेन्टिलेटरमा ६८ जना उपचारत रहेका छन् । ३७ हजार ४ सय ७६ जना संक्रियंक्रमित रहेका छन् । उनीहर मध्ये उपत्यकामा सक्रिय संक्रमितको संख्या १९ हजार १ सय ४६ रहेको छ ।
काठमाडौंमा १५ हजार ८ सय ६३, भक्तपुरमा १ हजार १९ र ललितपुरमा २ हजार २ सय ६४ सक्रिय संक्रमित छन् । संक्रिय संक्रमित मध्ये ३० हजार ६ सय ९४ जना होम आइसोलेसनमा र ६ हजार ७ सय ८२ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेका रहेका छन् । देशभरका क्वारेन्टिनमा १ हजार २ सय ७७ जना रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ८० हजार ९ सय ७८ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ११ हजार १ सय ६६ पीसीआर परीक्षण भएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण, #नेपालमा कोरोना
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्