नेकपा अध्यक्षद्धय ओली र दाहाल गुटगत छलफलमा,फुटबाट जोगाउन नेताहरुको दौडधुप भने तीब्र
काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्षद्धयले आ–आफ्नो गल्ती स्वीकार गर्न चाहदैनन् । एकता जोगाउन सार्वजनिक आह्वान गरे पनि भित्रभित्रै पार्टी फुट पछिको रणनीति बारे दुबैले तयारी तिब्र बनाईरहेका छन् । माओवादीको मुख्य व्यक्ति मार्फत् नै माओवादी समाप्त गर्न सकियो भने जडैदेखि समाप्त हुन्छ भन्ने बुझेर प्रधानमन्त्री ओलीले दाहाल बिरुद्ध गेम खेलेको देखिन्छ । सोही मिसन पूरा भएपछि प्रचण्डलाई जानुस् भने भन्नेहरुको संख्या पनि बढ्दो छ । अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमति भएर मात्र नेकपा बनेको हो । तर दुई नेतामै असहमती देखिए पछि नेकपा फुटकै संघारमा पुगेको छ ।
हुनत दोस्रो बरीयताका नेतादेखि लिएर नेकपा कार्यकर्ताहरु पार्टीलाई जोगाउन लागी परेका भएपनि अध्यक्षद्धय बिच नै निष्कर्ष निस्कने गरी छलफल हुन नसक्नुले नेकपा भित्रको संकट सतहमै पुगेको देख्न सकिन्छ । पार्टीलाई यस अवस्थामा पुर्याउन दुबै अध्यक्ष दोषी रहेको बाम बिश्लेषक श्याम श्रेष्ठको बुझाई छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै भएकाले बढी दोष ओलीकै हुने पनि उनले बताए । जनताले नेकपा माथि निकै ठूलो विश्वास गरेकोमा जनताको आशा र भरोसालाई नेकपाले कुठराघात गरेको आरोप लागीरहेको छ । यो फुटलाई जोगाउने भनेकै नेकपा केन्द्रीय कमिटीको बैठक मात्रै हो । तर प्रधानमन्त्री ओलीले कुनै पनि कमिटीको बैठक नै नबोलाउने भनिसकेको कारण प्रचण्ड, माधव नेपाल, भलनाथ खनाल लगायतका शिर्ष नेताहरु सचिवालय बैठक बोलाएर भएपनि पार्टी फ्टवाट जोगाउने ध्याउन्नमा लागेका छन् ।
यसैबिच प्रचण्डले ओलीसँग पार्टी फुटवाट रोक्नका लागि टेलिफोन संवाद गरेपनि त्यसले कुनै समाधान भने देखाएको छैन । नेकपा सचिवालय सदस्य एवं ओली गुटका नेता ईश्वर पोखरेलले भने दुई अध्यक्षबीचको सहमति प्रचण्डले पालना नगरेको आरोप लगाएका छन् । ओली र दाहालबीच सहकार्य गर्दै अघि बढ्ने सहमति भए पनि दाहालले गुट र समिकरणलाई प्राथमिकता दिएकाले समस्या सृजना भएको उनको आरोप छ । नेकपाभित्र नै नयाँ समीकरण बनाउने ध्याउन्नमा प्रचण्ड लागीपर्नु, प्रधानमन्त्री ओलीले प्रचण्डसँग गरेका सहमतीहरु पालना नगर्नुले नै समस्या श्रृजना भएको नेकपा नेताहरुको आरोप छ ।
पार्टीलाई बचाउन भन्दा पनि आफु कसरी पार्टीमा शक्तिशाली र बलियो देखिने भन्ने अहमताले पनि नेकपाभित्र बिवाद चुलीएको हो । सारा नेता कार्यर्ता, केन्द्रिय कमिटि, स्थायी, कमिटि अनि सचिवालय कसैको पनि कुरा नसुनी सुटुक्क अध्यक्षद्धयबिच गरीने सहमतीको भुमरीमा अहिले नेकपा फसीरहेको छ । एकीकरण गर्ने बेला दुईजना अध्यक्षले अरु कसैसँग छलफल गरेनन् । तर दुईजना अध्यक्षको स्वार्थ मिलेपछि हतारमा पार्टी एकीकरण भयो,आज स्वार्थ नमिल्ने देखेपछि पार्टी फुट्न लागेको हो, नेकपा नेता तथा कार्यकर्ताको बुझाई यही हो ।
क्याटेगोरी :
प्रमुख समाचार,
ब्रेकिंग न्युज,
राजनीति,
समाचार
तपाईको कमेन्ट लेख्नुहोस्