कोरोनाबाट एकैदिन ३० जनाको मृत्यु, थपिए ३ हजार ३०९ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । यो अहिलेसम्मकै कोरोनाबाट मृत्यु हुने उच्च संख्या हो । हालसम्म ३० जनासहित नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ३४ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म १४ लाख ९४ हजार १ सय २२ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
पछिल्ला ३ दिनमा ३७ हजार ७ सय ५६ जनाको कोरोना परीक्षण गरिएकोमा ९ हजार ३५६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। आज देशभर ३६ हजार ९ सय ११ जना सक्रिय संक्रमित रहेका छन्। १ हजार ३०५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना परीक्षण, #कोरोना भाइरसको संक्रमण
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्