Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

थपिए पछिल्लो २४ घण्टामा २९०९ संक्रमित थपिए, ४५०० निको


काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९ जनामा कारोना संक्रमण पुष्टि भएको छ । १० हजार १ सय ५३ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा थप ४५ सय जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ भने निको हुनेको संख्या १ लाख ५२ हजार ९ सय ८ पुगेको छ।

हाल देशभर ३४ हजार ९ सय ५ जना सक्रिय संक्रमित रहेको छ । नेपालमा कोरोना संक्रमण निको हुने दर ८१ प्रतिशत रहेको छ । यसैबीच देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा मात्रै १५ हजार सक्रिय संक्रमित
देशभर ३४ हजार ९०५ जना कोरोना सक्रिय संक्रमित रहँदा काठमाडौंमा मात्रै १५ हजार १ जना रहेका छन् । हालसम्म काठमाडौंमा ६९ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४५ हजार २१६ जना निको भएपछि सक्रिय संक्रमितको संख्या १५ हजार १ रहेको हो । यस्तै काठमाडौंमा हालसम्म २६२ जनाले ज्यान गुमाएका छन् ।
यस्तै भक्तपुरमा १ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म भक्तपुरमा ६ हजार ३५३ जनामा संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये ५ हजार ४२ जना निको भएका छन् । यस्तै ६९ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी ललितपुरमा हालसम्म ९ हजार ८५० जनामा संक्रमण पुष्टि हुँदा ७ हजार ५५८ जना निको र २ हजार २२६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै ६६ जनाले ज्यान गुमाएका छन् । शुक्रबार मात्रै काठमाडौं उपत्यकामा ५७० महिला र ७ सय ६८ पुरुष गरी १३३८ जनामा संक्रमण पुष्टि भएको छ ।

क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्