थपिए २ हजार ५ सय ७१ संक्रमित,८३ जना कोरोना संक्रमितको अवस्था गम्भीर

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ७४ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६९ हजार ७ सय २४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार १ सय २६ पुगेको छ ।
८३ जना कोरोना संक्रमितको अवस्था गम्भीर
नेपालमा ८३ जना कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ। ८३ जना संक्रमितहरु भेन्टिलेटरमा उपचाररत छन् भने ४ सय ११ जना संक्रमित आइसियुमा छन्। पछिल्लो समय आइसियु र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या बढ्दै गएको मन्त्रालयको तथ्यांकले देखाउँछ। शनिबार ४ सय ४१ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत थिए भने आइतबार ४ सय ८० जना संक्रमित थिए।
सोमबार ४ सय ९४ जना संक्रमितहरु आइसियु तथा भेन्टिलेटरमा उपचाररत छन्। सोमबार आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा २०४ जना आइसियुमा र ५२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५४ जना आइसियुमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन्।
त्यस्तै प्रदेश १ मा ४९ जना आइसियुमा र १३ जना भेन्टिलेटरमा र प्रदेश २ मा ८ आइसियुमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै सुदूरपश्चिममा १५ आइसियुमा र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ७२ आइसियुमा र ९ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियुमा उपचाररत रहेका छन्।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ताजा खबर
- १७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- २साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ३भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
- ४हमासलाई ट्रम्पको चेतावनी‘बन्दी रिहा नगरेमा एउटा पनि सदस्य बाँकी रहने छैन’
- ५माओवादीको अभियान कार्यतालिका हेरफेर,आजदेखि कुन जिल्लामा कहिले ?
तपाईको कमेन्ट लेख्नुहोस्