Techie IT
  • २२ माघ २०८१, मंगलबार
KhojPatrika

पछि हट्यो सरकार, अव कोरोना संक्रमित र परिक्षण निशुल्क


काठमाडौं । गत भदौ २८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमान्ड सेन्टरको बैठकले कोरोना संक्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरेको थियो । सोही आधारमा सरकारले कात्तिक २ गतेबाट लागू हुने गरी कोरोना संक्रमितले उपचार गर्दा अस्पतालमा शुल्क तिर्नुपर्ने निर्णय गर्यो । र त्यस पश्चात देशका निजि तथा सरकारी अस्पतालहरुले नागरिकबाट सामान्य विरामीहरुबाट पनि लाखौ रकम असुले जसका कारण नागरिक तवरबाट सरकारको विरोध भयो ।

संक्रमितको उपचारमा सरकारपछि हटेको भन्दै चौतर्फी आलोचना भएको र सर्वोच्च अदालतले समेत निशुल्क उपचार गर्नु भन्ने आदेश भयो स्वास्थ्य मन्त्री विरुद्ध सर्बोच्च अदालतको मानहानीको मुद्धा परयो तव सरकारले कोरोना भाइरस संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बसेकोे निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफनै खर्चमा गर्नुपर्ने निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परिक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभतm ढकाल विरुद्ध अवहेलना मुद्दा दर्ता भए पश्चात सरकारले बाध्य भएर उतm निर्णय गरेको हो तर, आम जनताको गुनासो सम्बोधन गर्न कुनै चासो र चिन्ताको विषय थिएन् । संक्रमितले अस्पतालमा प्रवेश गर्न समेत मुस्किल छ ।

उपचार नपाएर संक्रमितले ज्यान गुमाउनु परेको अवस्थामा सरकारका जिम्मेवार पदमा बसेकाहरु भने बाहिर हल्ला भए जस्तो उपचारमा समस्या नभएको बताउछन् । कोरोना संक्रमित विपन्न नागरिकको मात्र उपचार निःशुल्क गर्ने र अन्यको उपचार आफ्नै खर्चमा गर्ने निर्णय गरेको थियो । सर्वोच्चले कोरोना भाइरसको परीक्षण र उपचार निःशुल्क गर्न सरकारलाई आदेश दिएको थियो । सरकारले भने सबै नागरिकको निःशुल्क परीक्षण र उपचार गर्न नसकिने भन्दै सर्वोच्चको फैसलामाथि पुनरावलोकन निवेदन दिएको थियो । तर सर्वोच्चले फैसला पुनरावलोकनलाई खारेजी गरेको थियो ।

अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई विपक्षी बनाई अवहेलना मुद्दा समेत दर्ता भएको थियो । त्यसपछि स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा परीक्षण र उपचार निशुल्क गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको हो । मन्त्रिपरिषदको निर्णयसँगै अब सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार पुनः निःशुल्क हुने भएको हो ।


क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #पछि हट्यो सरकार, #मन्त्री भानुभक्त ढकाल

तपाईको कमेन्ट लेख्नुहोस्