Techie IT
  • २३ माघ २०८१, बुधबार
KhojPatrika

कस्तो राजनीतिक प्रस्ताव ल्याउलान ओलीले ?


काठमाडौं । कार्तिक २५ गते प्रधानमन्त्री एव् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई मन्त्रिपरिषद पुर्नगठन, राजदुत नियुक्ती लगायतका बिषयमा अड्को थापेको गम्भिर आरोप लगाउँदै दश पृष्ठ लामो पत्र लेखे । त्यसको तीनदिनपछि दाहालले आफूलाई लगाएका आरोप खण्डन गर्दै ओलीलाई सरकार र पाटी सञ्चालनका लागि त्रुटि गरेको भन्दै ७ पृष्ठ पत्र लेखे । कात्तिक २२ गते दाहालसहित सचिवालयका ५ नेताले बालुवाटारमा पुगेर बैठक माग गर्दै दुई पृष्ठको पत्र बुझाएपछि अध्यक्ष ओलीको आक्रोश दाहालका कमजोरीमाथि थियो ।

एक अध्यक्षले अर्को अध्यक्षका कमजोरीमाथि पत्र मार्फत नै प्रहार गर्न थालेपछि नेकपामा खैलाबैला नै मच्चिएको छ । दोस्रो तथा तेस्रो तहका नेताहरु समेत पूर्व माओवादी र एमालेका नेताहरुलाई आ–आफनो गुटमा तान्ने कसरत गरिरहेका छन् । प्रधानमन्त्री ओलीको प्रहार सिधै दाहालमाथि खनिएपनि बरिष्ठ नेताद्धय माधव नेपाल र झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमलाई आरोप लगाइएको छैन् । जसले ओली अझै नेपाल,खनाल र गौतम आफनो पक्षमा आउछन् कि भन्ने आशमा छन् । बुधबारको सचिवालय बैठक टार्न अध्यक्ष ओलीले धेरै कसरत गरेपनि सकेनन् । तर, ओलीले सोही बैठकलाई आफनै रणनितिमा पार्न भने सफल भए ।

पार्टी र सरकार सञ्चालनमा देखिएका समस्या, पूर्वसहमति, निर्णयको कार्यान्वयनको अवस्था र ओली प्रवृत्तिसँग गाँसिएका विषयहरू समेटेर प्रचण्डले १९ पृष्ठ लामो दस्तावेज पेश गरेपनि ओली त्यसलाई बैठकमा पेश हुनेजस्तो ‘राजनीतिक प्रतिवेदन’ मानेका छैनन् । बरु दश दिन समय मागेर आफुले प्रतिबेदन लेख्ने निर्णय ओलीले सचिवालयमा सुनाएका छन् । त्यतिमात्रै होइन प्रधानमन्त्री ओली हटाउने रणनितिमा रहेका दाहाललाई ओलीको अर्को चुनौति पनि आएको छ आरोप बोकेर प्रधानमन्त्रीमा बस्न मिल्दैन, बदर भए प्रचण्ड हट्नुपर्छ, सदर भए म हट्छु ।

अध्यक्षद्धय ओली र दाहालको पौठे जोरीले नेकपामा थप भाँडभैलो हुने अनुमान सहजै गर्न सकिन्छ । कहिले वार्ता संवाद रोकिने त कहिले घण्टौं छलफल गरेपनि निचोड ननिस्कने नेकपामा पत्र युद्धले झनै नेता तथा कार्यकर्तामा नैराष्यता प्रदान गरेको छ । मङ्सिर १३ गतेसम्म सचिवालयको बैठक स्थगनसँगै नेकपाको विवाद १० दिन पर त धकेलिएको छ, तर, नेकपा सर्वाधिक जोखिमको अवस्थाबाट झनै गुज्रिइरहेको छ । नेकपाको आगामी भाग्य र भविष्य अव दाहालले पेश गरेको दस्तावेज र ओलीले ल्याउने प्रस्तावले नै तय गर्नेछ । त्यसआधारमा हुने बहस र छलफलले दोभानमा मिसिएर एउटै शिरामा बगेको नेकपा दोबाटोमा पुगेर छुट्टिन्छ कि छुट्टिँदैन भन्ने तय गर्नेछ । सोही दस्ताबेजले मूलतः पार्टीभित्र उत्पन्न अहिलेको विवाद र त्यसको निकासको दिशा प्रष्ट देखाउनेछ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #अध्यक्ष केपी शर्मा ओली

तपाईको कमेन्ट लेख्नुहोस्