Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

खै कोरोना उपचार र परिक्षण निशुल्क भएको ?


काठमाडौं । चौतर्फी आलोचना भएपछि सरकारले कोरोना भाइरस संक्रमितको परिक्षण र उपचार निःशुल्क गर्ने निर्णय ग¥यो । मन्त्रिपरिषदको बैठकले निश्चित वर्गको मात्र परिक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णयबाट पछि हट्दै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । तर, सरकारको निर्णयको बेवास्ता गर्दै सरकारी मातहत रहेका अस्पतालहरुले अझै सम्म पनि विभिन्न शिर्षकमा संक्रमितहरुसँग रकम असुलिरहेका छन् ।

कोरोना संक्रमण छ या छैन् भनेर पत्ता लगाउन गरिने पिसिआर परिक्षण वापत २ हजार संक्रमितको उपचारका लागि औषधी लगायत विभिन्न शिर्षकमा रकम असुलिरहेका छन् । जसका कारण अस्पताल आइपुगेका विरामी तथा विरामीका आफन्तले सास्ती खेपीरहेका छन् । सरकारले गरेको निर्णय एतातिर छ भने अर्काे तिर अस्पतालहरुले सरकारले गरेको निर्णय नै थाहा नभएको भन्दै विरामीहरुबाट पहिलेकै तुलनामा रकम लिइरहेका छन् । आर्थिक अवस्था दयनिय अवस्थामा रहेका सर्वसाधारण समस्यामा परेका छन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने जनाएको छ ।

सबै अस्पताललाई सङ्क्रमितको उपचार निःशुल्क गर्ने भनी परिपत्र र निर्देशन दिइसकेको जानकारी दिदैं केही अस्पतालले अझैं निःशुल्क उपचार नगरेको हुदा यस्ता अस्पतालहरुलाई नियमानुसार कारवाही गरिने मन्त्रालयले जनाएको छ । कोभिड–१९ को उपचारवापत अस्पताललाई अनुदान उपलब्ध गराउने सम्बन्धी आदेश– २०७७ परिमार्जन गरी मन्त्रालयले कोभिड–१९ उपचारका लागि सूचीकृत अस्पताललाई कोभिड–१९ को लक्षण भएका वा चिह्न देखिएका व्यक्तिको पिसीआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । उपचार गरेवापत अस्पताललाई शोधभर्ना रकम मन्त्रालयले उपलब्ध गराउने छ । सरकारले कोरोना बीमा गरेको हकमा भने बीमा रकमबाट तथा सक्षम, इच्छुक र योगदान गर्ने चाहनेले उपचारमा योगदान गर्न सक्ने उल्लेख गरेको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #उपचार निःशुल्क

तपाईको कमेन्ट लेख्नुहोस्