सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीलाई र्याखर्याख्ती

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा सर्वदलीय बैठक डाके । तर, उनै प्रधानमन्त्री ओलीमाथि बिभिन्न दलका नेताहरुले प्रश्न ते¥याएका छन् । संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले सरकारकै कारण पछिल्लो समय सडक आन्दोलन चर्किएको समेत आरोप लगाएका छन् । मगलबार झण्डै तीन घण्टासम्म चलेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुलाई स्वागत गर्दै प्रधानमन्त्रीले संविधान विरोधी गतिविधि नियन्त्रणमा सम्पूर्ण दललाई एक हुन आह्वान गरे ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे साझा धारणा बनाउन प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा उपस्थित नेताहरुले गणतन्त्र बिरोधी गतिविधिलाई सरकारले रोक्न नसकेको तथा सरकार काम कारवाही प्रभावकारी नहुँदा नागरिकमा निरासा पैदा भएको भन्दै सरकारको आलोचना गरे । नेपाली कांग्रेसका तर्फबाट सहमहामन्त्री प्रकाश शरण महत, बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि लगायतका नेताहरुले आफ्नो धारणा राखेका थिए । सह–महामन्त्री महतले सरकार कोरोना नियन्त्रणमा असफल भएको धारणा राखेको जानकारी दिए ।
भ्रष्टाचार, विभेदकारी तथा दमनकारी सरकारको प्रवृतिवारे पनि कांग्रेसले विरोध गरेको उनले भनाई छ । तनहुँमा रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा पनि कांग्रेसले बैठकमा आपत्ति जनाएको थियो । संसद बैठक नबोलाइएको बिषयमा पनि कांग्रेसले सरकारको आलोचना गरेको छ । महतले अहिले सडकमा भइरहेको प्रर्दशन सरकारकै कारणा भइरहेको धारणा बैठकमा राखेको जानकारी दिए । उनले सरकारप्रति निराशा बढ्दा सडकमा असन्तुष्टि छरपष्ट भएको आरोप लगाए । सरकारले संविधान कार्यन्वयनमा विभेदकारी नीति अपनाएको भन्दै कांग्रेसले आपत्ति जनाएको थियो । प्रधानमन्त्रीले कांग्रेसको आलोचनालाई आफूले गम्भीर रुपमा लिएको भन्दै आत्मसाथ गर्ने जवाफ फर्काएका थिए ।
त्यस्तै बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता दीपक बोहोराले सडकमा भएको प्रदर्शनबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । उनले प्रदर्शनमा आफ्नो पार्टीको नैतीक समर्थन रहेको बताए । राजा सहितको लोकतन्त्र र धर्मनिरपेक्षताका विषयमा सर्वदलीय बैठकबाट निर्णय गर्न आफूले माग गरेको बोहोराले जानकारी दिएपनि प्रधानमन्त्रीले कुनै जवाफ नदिएको उनको भनाई छ । राप्रपाले उठाएको बिषयमा जवाफ नदिएका प्रधानमन्त्री ओलीले पछिल्ला असन्तुस्टीलाई भने सम्हालेर अगाडि बढ्ने बताएका थिए । ओलीले कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी रुपमा काम गरिरहेको दाबी गरे । उनले सबै दलका तर्फबाट आएका आलोचनालाई आफूले आत्मासाथ गरेको समेत जिकिर गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कांग्रेस, #सर्वदलीय बैठक
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्