५ सय १३ जना शाखा अधिकृतका लागि बिज्ञापन खुला

काठमाडौं । लोक सेवा आयोगले ठूलो संख्यामा राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृतका लागि आवेदन खुलाएको छ । कोरोना भाइरसका कारण अघिल्लो बर्षको परिक्षा समयमै हुन नसकेपनि यसबर्षको आवेदन लोकसेवा आयोगले खुलाएको हो ।
बुधबार गोरखापत्रमा विज्ञापन प्रकाशित गर्दै आयोगले शाखा अधिकृतको ५ सय १३ पदमा विज्ञापन खुलाएको हो । यसमध्ये १ सय ५३ जना जेष्ठताको आधारमा बढुवामार्फत् पदपूर्ति गरिने छ । बाँकी पदहरुमा भने खुला तथा सामावेशीको आधारमा पदपूर्ति हुनेछ ।
सामान्य प्रशासन समूहमा खुलातर्फ ४४ अधिकृत पदमा विज्ञापन खुला भएको छ । यसैगरी राजश्वमा ४१, लेखामा ३४, लेखा परीक्षणमा १२ र परराष्ट्र सेवामा १ पदमा खुलातर्फ विज्ञापन खुलेको हो । पुष १४ गतेसम्म दरखास्त दिन लोकसेवाले आह्वान गरेको छ । दोब्बर दस्तुर तिरेर २१ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको लोकसेवा आयोगले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, लाेकसेवा/जागिर
ट्याग : #लोक सेवा आयोग, #शाखा अधिकृत
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्