सुवास नेम्वाङको ढुलमुले बोली,संविधानको मर्म भुलेर किन बोक्दैछन् ओली ?

काठमाडौं । संसद विघटनबारेको प्रतिक्रिया धेरैले सुन्न चाहको पात्र हुन सुवास नेम्वाङ । किनकी उनी संविधान जारी हुँदा संविधानसभाका अध्यक्ष थिए । उनी कानुनका विद्यार्थीसमेत हुन् । त्यसैल संविधानमा भएको व्यवस्थाबारे उनको प्रतिक्रिया महत्वपूर्ण हुन्छ । तर आफ्नै गुटका नेता तथा प्रधानमन्त्री केपी ओलीको कदमको विरोध गर्न नसकेर नेम्वाङले मुख खोल्न नसकेको आरोप लाग्ने गरेको छ । तर, आज भने उनै नेम्वाङले मुख खोलेका छन् ।
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि धेरैले संविधान जारी हुँदा संविधानसभाका अध्यक्ष रहेका सुवास नेम्वाङको प्रतिक्रिया सुन्न चाहे । तर, ओली निकट नेता नम्वाङले मुख खोलेनन् । तर प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको भनेर बोलेको उनको पुरानो भिडियो भाइरल भयो । सबैले नेम्वाङले त्यसबेला सही कुरा गरेको तर अहिले ओलीले संसद विघटन गर्दा गुटगत स्वार्थका लागि नबोलेको आरोप लगाए । किनकी पुरानो भिडियोमा नेम्वाङले रीस उठ्यो भन्दैमा प्रधानमन्त्रीले संसद भंग गर्ने व्यवस्था हटाएको भनेका छन् । नेम्वाङको भिडियो २०७६ साल साउनको हो । उनी आफैले भनेको पनि स्वीकार गरिरहेका छन् । त्यसबेला नेम्वाङले पत्रकारहरुलाई प्रशिक्षण दिँदै अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको बुझन् र सोही अनुसार समाचार लेख्न भनेका थिए ।
ओलीले संविधानविपरित संसद विघटन गरेको भन्ने कुरामा नेम्वाङ सहमत भए पनि उनै ओली गुटमा रहेर राजनीतिक गरेकाले अहिले बोल्न नसकेको धेरैको टिप्पणी छ । शनिवार भने नेम्वाङले मुख खोले । नेकपाको ओली समुहको प्रदेश एक स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेम्वाङले संसद विघटनबारे प्रधानमन्त्री ओलीले जे भने पनि त्यसको निर्णय सर्वोच्च अदालतले गर्ने बताए । अदालतमा विचाराधिन मुद्धा भएकाले अहिले आफू थप केही नबोल्ने उनले बताए । नेम्वाङले घुमाउरो कुरा गरेर संसद विघटन गरेर चुनावमा जान बाध्य भएको बताए । तर, प्रधानमन्त्री ओलीले गरेको संसद विघटन संविधानअनुसार नै हो भन्न सकेनन् । बरु संसद विघटनसम्बन्धमा सर्वोच्चमा परेको मुद्धा प्रक्रियामा ढिला गराउन खोजिएको भन्दै असन्तुष्टी व्यक्त गरे ।
संवैधानिक इजलास र वृहत इजलास भनेर संसद विघटनको विरोध गर्ने पक्षले नै अडकाएर ढिलो गराएको नेम्वाङको आरोप छ । नेम्वाङ्ले संविधानको धारा ७७ मा प्रधानमन्त्री रिक्त हुने अवस्थाका बारेमा व्याख्या गर्दै सरकार कामचलाउन नभएको तर्क गरेका छन् । धारा ७७ को ३ मा पद रिक्त भएमा मात्र प्रधानमन्त्री कामचलाउ हुने भन्दै नेम्वाङले अहिलेको सरकार काम चलाउ नभएको दावी गरे । नेम्वाङले सरकारले घोषणा गरेको चुनाव कसैले पनि रोक्न नसक्ने बताएका छन् । ओलीको पक्षमा हुने गरी सबै कुरामा धारणा राखेका नेम्वाङले संसद विघटन संवैधानिक कि असवैधानिक भनेर चाँही धारणा राख्न सकेनन् ।
उनीले प्रदेश १ का कार्यकर्तालाई प्रशिक्षण दिदै गर्दा अर्को कार्यक्रममा कांग्रेस नेता गगन थापाले संसद विघटन बिरुद्धको आन्दोलन कार्यक्रमा भाषण गर्दै थिए । यसअघि पटक–पटक प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने भन्दै आएका नेम्वाङले बाध्यात्मक परिस्थितिको वकालत गर्दै प्रधानमन्त्रीलाई बिघटनको अधिकार रहेको जिकिर गर्दै गर्दा कांग्रेस नेता थापाले गुटमा लागेर आफनो सिद्धान्त बिर्सिएको आरोप लगाएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री ओली, #संसद विघटन, #सुवास नेम्वाङ
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्