आखिर किन पुगे कम्युनिष्ट प्रधानमन्त्री ओली पशुपतिनाथमा संकल्प पूजा गर्न ?

काठमाडौं । बामपन्थी सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथमा संकल्प पूजा गरेपछि अहिले यसका अनेक अर्थ लगाउन थालिएको छ । कतिपयले प्रधानमन्त्री ओली हिन्दु राष्ट्र कायम गर्ने अभियानमा लागेको टिप्पणी गरेका छन् भने प्रमुख प्रतिपक्षी दलसहित बुद्धिजिवीहरुले यसलाई कम्युनिष्टहरुको ढोङको संज्ञा दिएका छन् । प्रधानमन्त्री ओली मात्र होइन कुनैपनि कम्युनिष्ट नेताले मन्त्री पदको शपथ लिँदा ईश्वर शब्दको सट्टा जनताको नाममा भनेर शपथ लिने गरेका छन् । यसको सिधासिधा अर्थ हो उनीहरु धर्म मान्दैनन् । उनीहरुको ईश्वर वा अध्यात्ममा विश्वास गर्दैनन् ।
भौतिक द्वन्द्ववाद नै उनीहरुको विश्वास हो । अझ धर्मलाई अफिमसंग तुलना गर्ने बामपन्थीहरुले पछिल्लो समय भगवान धर्म जे भनेपनि कार्लमाक्स हुन भन्ने गरेका छन् । स्वयं प्रधानमन्त्री ओली पनि यो कुरामा विश्वास गर्छन् । तर, उनै ओलीले पशुपतिनाथमा विश्व शान्तिको कामनासहित करिब डेढ घण्टा पूजा गरेका छन् । हिन्दु राष्ट्रको अभियानमा लागेका कांग्रेस केन्द्रीय सदस्य समेत रहेका देवेन्द्रराज कँडेल यसलाई कम्युनिष्टहरुको ढोङको संज्ञा दिन्छन् । नेपालमा हिन्दूराज्यको मान्यता खारेज गरेर धर्मनिरपेक्ष बनाएपछि मन्त्री–प्रधानमन्त्रीहरु पशुपतिनाथ छेउछाउको बाटो हिंड्नसमेत हिच्किचाउँथे । तर, ओलीले सम्भावित प्रतिक्रियाको वास्ता नगरी पशुपतिनाथ मन्दिर धाएर राजनीतिक सन्देश समेत दिन खोजेका छन् ।
प्रधानमन्त्री ओली धर्ममा आस्थावान वा धार्मिक भावनाले ओतप्रोत नेता होइनन् । उनी त धर्मलाई अफिम मान्ने कम्युनिष्ट स्कुलिङबाट आएका नेता हुन् । बाल्यकालमा उनले रामायण–महाभारतहरुजस्ता ग्रन्थ पढेका थिए । स्वस्थानी भट्याएका थिए । तर, धर्मप्रति उनको लगाव विगतमा कहिल्यै नदेखिएको उनका पुराना सहयोद्धाहरुसमेत बताउँछन् । पछिल्लो समय हिन्दू धर्म र पूर्वीय दर्शनप्रति ओलीको रुझान स्पष्ट देखिन थालेको छ । यसलाई ओलीको हिन्दु राष्ट्र कायम गर्ने चाहनाकारुपमा समेत बुझन सकिन्छ । ओली आफ्नो भाषण र अन्तरवार्ताहरुमा पूर्वीय दर्शनको व्याख्या गरेर थाक्दैनन् ।
हिन्दू धर्ममा पुजिने देवी–देवताहरुका प्रसंगहरु पनि उनी झिकिरहन्छन् । नेपाललाई ऋषिमुनिहरुको तपोभूमिका रुपमा चित्रण गर्ने गर्छन् । केही समयअघि ओलीले भगवान रामको जन्मस्थल भारतमा नभएर नेपालको ठोरीमा रहेको उल्लेख गर्दै यसको उत्खनन् गरिने घोषणा गरे । तर, ओली अहिले पनि भगवान रामको वास्तविक जन्मस्थल नेपालमा भएको मान्यतामा अडिग छन् । पहिलेका नास्तिक ओली अहिले हिन्दूधर्मप्रति मोहभाव किन देखाइरहेका छन् त ? कतै ओली पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पथमा त हिड्न खोजेका होईनन् ? प्रश्न गम्भीर रुपमा खडा भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #ओली पशुपतिनाथमा, #प्रधानमन्त्री केपी शर्मा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्