नेकपा र सूर्य चिन्ह आफनो भएको निर्वाचन आयोग समक्ष प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं । संसद बिघटन गरिसकेपछि नेकपा र चुनाव चिन्ह सुर्य कुन समूहको भन्ने आधिकारिकताको विवाद चलिरहेको बेला प्रधानमन्त्री ओली आफै निर्वाचन आयोग पुगेका छन् । ओलीले आयोगमा आफू आधिकारिक भएकोले नेकपा र सूर्य चिन्ह आफनो भएको दाबी प्रस्तुत गरेका छन् । केही समयअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगी निर्वाचनको तयारी रोक्न आग्रह गरे । त्यसपछि सार्वजनिक कार्यक्रममै असन्तुष्टि जनाएका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग पुगी प्रचण्ड माधव पक्षको आग्रहलाई वेवास्था गर्दै निर्वाचनको तयारीमा निरन्तर जुट्न निर्देशन समेत दिएका छन् ।
यही माघ १६ गते निर्वाचन आयोगले नेकपाको विवाद र निर्वाचनको तयारीको बारेमा छलफल गर्न नेकपाका दुबै पक्षलाई बोलाएको थियो । त्यतिबेला प्रचण्ड माधव पक्षले आयोगमा पुगेर नेकपा आफनो भएको दाबी गरिसके पनि प्रधानमन्त्री ओली पुगेका थिएन्न । तर, मगंलाबार निर्वाचन आयोगमा पुगेर निर्वाचनको तयारीको काम निरन्तर अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको प्रधानमन्त्रीका पे्रस सल्लाहकार सुर्य थापाले बताए । नेकपाको आधिकारिकताको बारेमा भने कुनै छलफल नभएको थापाले बताए ।
नेकपाको दुबै समुहको विवादबारे पत्रकारले राखेको जिज्ञासामा प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री ओली निर्वाचन आयोग जानुको उद्देश्य त्यो नभएको जिकिर गरे । आयोग कार्यालय परिसरमा पत्रकारहरुसँग थापाले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीबारे जानकारी गराएका बताए । प्रधानमन्त्रीले आयोगले गरिरहेका तयारीका सन्दर्भमा धन्यवाद दिएका थिए । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको लागि आवश्यक बजेट, बन्दोबस्तीका सामान लगायतका विभिन्न विषयमा जानकारी गराएका थिए ।
प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङ पनि आयोगको कार्यालय पुगेका थिए । संसद विघटन गर्दै वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गर्ने प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन् । सोमबार बसेको मन्त्री परिषको बैठकले पनि १७ गते पहिलो चरणमा ४० जिल्लामा र दोसा्रे चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।
निर्वाचनको तयारी हुदै गर्दा नेकपाका दुवै पक्षका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर आयोगले दुवै पक्षको दाबी नपुगेको भन्दै फिर्ता पठाएको थियो । नेकपाको एउटा पक्ष निर्वाचनको तयारी नगर्नु भन्ने र प्रधानमन्त्री ओलीले निर्वाचनको तयारी गर्न निर्देशन दिनुले आयोग आफै अलमलमा परेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #प्रधानमन्त्री ओली, #संसद बिघटन
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्