Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

नेकपा एमालेमा देखिएको खटपट, ओली–नेपाल आ–आफनै रणनीतिमा


काठमाडौं । फागुन २३ गते नेकपाको नाम विवाद टुङ्याउदै गर्दा नेकपा एमाले र नेकपा माओवादी केन्द्र त पुनर्जिवित भयो तर त्यसले दुवै पार्टीमा दुई ध्रुविकरण बनाइदिएको छ । अझै बढी त नेकपा एमालेमा यसको दुई समुह प्रस्ट देखिन्छ । नेकपा एमालेमा देखिएका प्रधानमन्त्री ओली पक्ष र बरिस्ठ नेता माधवकुमार नेपाल पक्षले समानान्तर रुपमा पार्टिको कार्यक्रम गर्दै आएका छन । दुवै समुहले आफ्नो अडान राखिरहदा एमाले फुटको नजिक पुगेको छ । वरिष्ठ नेता माधव नेपाल–झलनाथ खनाल समूहले बुधबार र बिहीबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला रोकेन भने अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षले गुटगत भेलाको सङ्या दिदै भेला गरे कारबाहीको डण्डा चलाउने चेतावनी दिएको छ ।

अध्यक्ष ओली पक्ष २८ फागुनमा गरिएको केन्द्रीय सदस्यहरूको मनोनयन, नेताहरूको जिम्मेवारी हेरफेर, विधान संशोधनलगायत निर्णयबाट पछि नहट्ने मनस्थितिमा छ । तर, नेपाल–खनाल पक्षले पार्टी विधानविपरीत निर्णय गरिएको भन्दै खारेज गर्नुपर्ने अडान राखेको छ । राष्ट्रिय भेला नरोक्ने र ७ चैतमा बोलाइएको केन्द्रीय कमिटी बैठकमा पनि नजाने बरु समानान्तर कमिटीको अभ्यास गर्ने माधव समूहको तयारी छ । २८ गते गरिएको निर्णय फिर्ता लिएमात्र पार्टी एक हुन सक्ने अडान माधव पक्षको छ ।

बालुवाटार र सानेपामा मंगलबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा पनि दुवै पक्षले अडानमा कायम रहेको स्पष्ट पारेका थिए । प्रधानमन्त्री ओलीले बालुवाटारमा गरेको चियापान कार्यक्रमबाट भेला नरोकिए कारबाही गर्ने चेतावनी दिएलगत्तै अर्को पक्षले प्रतिवाद ग¥यो । भेलाको तयारीबारे जानकारी दिन नेपाल पक्षले गरेको पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफूहरू कारबाही भोग्न तयार रहेको, तर गलत कदमको मूकदर्शक भएर बस्न नसक्ने र भेला भव्य रूपमा सम्पन्न गर्ने बताएका थिए । उता ओली पक्षले भने पार्टी विधान अनुसार नै चलेकाले आफुहरु पछाडि नहट्ने दाबी गर्दै आएको छ । अर्को समुहले पार्टिको निर्णय नमाने कारबाही गर्न पछी नहट्ने ओली पक्षको जिकिर छ । यध्यपी एकताको लागि धेरै नै सम्भावना भएकाले त्यसको प्रयास गरेर एकताबद्द भएर जाने एमाले ओली पक्षका नेता छबिलाल विश्वकर्मा बताउछन ।

नेपाल–खनाल पक्षका नेताहरू चियापानमा नआएकोमा ओलीले त्यसलाई राम्रो लक्षण नभएको टिप्पणी गरेका थिए । माधव समुहसँग रुस्ट बनेको ओली पक्षले आफ्नो निर्णयबाट पछाडि नहट्ने अडान राखिरहदा एमाले फुटको नजिक पुगेको गन्ध आएको छ । उता पहिले देखी नै ओली सँग आक्रामक बनेको माधव समुहले पनि समानातार गतिविधी अगाडि बढाउदा एमाले एक हुन मुस्किल देखिन्छ ।

५ पुसमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेदेखि प्रस्ट रूपमा अलग–अलग बाटो लागेका एमालेका नेताहरू २३ फागुनको सर्वोच्च अदालतको पार्टी आधिकारिकतासम्बन्धी फैसलाले पुनः एकै ठाउँमा आउने परिस्थितिमा पुगेका थिए । तर, २८ फागुनमा ओली पक्षले एकलौटी रूपमा केन्द्रीय सदस्य थप्नेदेखि नेताहरूको जिम्मेवारी हेरफेर गर्नेसम्मका निर्णय गरेपछि दुई खेमाबीच थप दूरी बढेको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा दुवै पक्षका शीर्ष नेताहरूबीच विवाद समाधानका विषयमा छलफल भए पनि कुनै सहमति बन्न सकेको थिएन ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #एमाले, #नेकपा, #माओवादी केन्द्र

तपाईको कमेन्ट लेख्नुहोस्