कारबाही नमान्ने, अलग पार्टी पनि नबनाउने तर, समानान्तर कमिटि बनाउने माधव–झलनाथ समूहको निर्णय

काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भिम रावललाई ६ महीनाका लागी पार्टी बाट निलम्बीत गरेका छन । नेताद्धयमाथी पार्टी हित विपरीतका गतीबिधी गरेकोे र ब्यक्तीगत स्वार्थ पुर्तीको लागी एकतालाई विखण्डत गर्ने गरी गुटगत क्रीयाकलाप गरीरहेको आरोप नेतृत्वले लगाएको छ । दुई शिर्ष नेतामाथीको कारवाहीलाई एमालेको नेपाल समुहले भने नमान्ने जनाएको छ ।
अध्यक्ष ओलीको कदमले पार्टीमा विचार र संगठनबारेमा छलफलको ढोका बन्द गरेकोले केन्द्र देखि तल्लोतह सम्म समानान्तर कमिटी विस्तार गर्ने माधव नेपाल समुह बताँउछ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भिम रावल पार्टी कारवाहीमा परेका छन । अध्यक्ष केपी ओलीले नेताद्धय नेपाल र रावललाई पार्टी हित विपरीत गतिबिधी गरेको भन्दै ६ महिनाका लागी निलम्बीत गरेका हुन । नेतृत्वले उनीहरुमाथी ब्यक्तीगत स्वार्थपुर्तीका लागी देश, जनता र पार्टी विरुद्ध आपराधिक गतिवीधी गरेको आरोप पनि लगाएको छ ।
सर्वोच्च अदालतले नेकपालाई विघटन गरेपछि ब्युतीएको एमालेमा सुरुदेखि नै अन्र्तद्धन्द चर्कीएको थियो । केन्द्र देखि तल्लो तहसम्म पार्टीमा समानान्तर कमिटीहरु गठन र बिस्तार भईरहेका छन । यसैबिच नेपाल समुहको सहभागीता बिना बसेको एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भिम रावल, उपमहासचिव घनश्याम भुषाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेको थियो । नेता नेपाल र रावलले स्पष्टीकरणको जबाफ दिँदै अध्यक्ष ओलीले पार्टीको विधी, विधान र पद्धती उल्लंघन गरेकाले अध्यक्षलाई नै कारवाही किन नगर्ने भनेर प्रतिप्रश्न गरेका थिए । यसबाट रुष्ट बनेका अध्यक्ष ओलीले चित्तबुझ्दो जवाफ नदिएको र गल्ती स्वीकार नगरेको भन्दै सोमबार दुवै नेतालाई कारवाही गरेका छन ।
कारवाही गर्ने अध्यक्षको कदमबाट नेपाल समुह आक्रोसीत बनेको छ । मंगलबार बसेको नेपाल समुहका स्थायी कमिटी सदस्यहरुको बैठकले पार्टी विधान विपरित चलेका अध्यक्षले गरेको कारवाही नमान्ने जनाएको छ । अध्यक्ष ओलीको कदमले पार्टीमा विचार र संगठनबारे छलफल एंवम बहसको ढोका बन्द गरी अन्नत एमालेलाई विभाजनतिर लैजाने नेपाल समुह निस्कर्ष छ । आफुपक्षीय स्थायी कमिटी सदस्यहरुको बैठकबाट अध्यक्षले गरेको कारवाहीलाई नमान्ने निर्णय गरेको माधव नेपाल समुहले केन्द्र देखि तल्लो तहसम्म समानान्तर कमिटीहरु थप विस्तार गर्ने भएको छ ।
अध्यक्ष ओलीले पार्टीको विधि, विधान र पद्धती उल्लंघन गरीरहेको बारे पार्टीका सबै तहका नेता कार्यकर्तालाई सुसुचित गर्ने नेपाल समुहको तयारी छ । तत्काल पार्टी विभाजन गर्ने वा अर्को पार्टी निमार्ण गर्ने बारे आफुहरुले केही नसोचेको तर सबै कुराको निर्धारण परिस्थीतीले गर्ने नेपाल समुहका नेताहरु बताँउछन । नेपाल समुहका ११ जना स्थायी कमिटी सदस्यहरुको मंगलबार बसेको बैठकपछि जारी संयुक्त विज्ञप्तीमा अध्यक्ष ओलीले पछिल्लो समय गरेका सम्पुर्ण निर्णयहरु पार्टीको विधान विपरीत भएकाले नमान्ने उल्लेख छ । अर्को तिर अध्यक्ष ओलीले अन्तर पार्टी निर्देशन जारी गर्दै पछिल्लो समय गरीएका सम्पुर्ण निर्णय पालन गर्न भनिएको छ । परस्पर विरोधी मान्यता, निर्णय एंवम निर्देशनबाट नेकपा एमालेका दुई समुह मुडभेडमा जाने स्थीती बनेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #सत्तारुढ नेकपा, #सर्वोच्च अदालत
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्