एकैदिन २३ सय ५१ जना संक्रमित थपिए, उपत्यकामा एक हजार ५१ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ३ सय ५१ जनामा कोरोना संक्रमण भएको छ। यस अवधिमा २ सय ८७ जनालाई निको भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ८ हजार ८४४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा दुई हजार २ सय २० जना र ८०३ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३१ जना गरी दुई हजार ३ सय ५१ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ जना गरी एक हजार ५१ जना संक्रमित थपिएका छन्। देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ८२ पुगेको छ। क्वारेन्टिनमा ८६ जना छन्। आईसीयूमा १ सय ८० र भेन्टिलेटरमा ४७ जना उपचाररत छन्।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्