Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

निषेधाज्ञा दैनिक उलंघन बढ्दो,सडकमा समेत लामो जाम


काठमाडौं । सरकारले जारी गरेको निषेधाज्ञाका कारण यतिबेला मानिसहरु घरभित्रै थुनिएका छन् । कोरोना संक्रमण रोक्न गरिएको निषेधाज्ञा पनि खासै प्रभावकारी देखिएको छैन् किनकी संक्रमणदर अझै घटेको छैन । घरभित्र बसेका सर्वसाधारणलाई दैनिक उपभोग्य बस्तु खरिदका लागि बिहान १० बजेसम्मको समय दिइएको छ । तर, सोही समयमा अत्याधिक भिड लाग्दा संक्रमण फैलिने त्रास देखिन्छ ।

सरकारले कोरोना संक्रमणको चेन ब्रेक गर्न लगाइएको निषेधाज्ञा प्रभावकारी नदेखिदा संक्रमणदर अझै घटेको छैन् । काठमाडौं उपत्यकामा सर्वसाधारणको हेलचेक्रयाईका कुनै कमी आएको छैन् । सडक तथा चोकमा अहिले पनि नीजि सवारी साधनले लामै जाम देख्न सकिन्छ । बिभिन्न पास तथा परिचयपत्र बोकेका मानिसहरुका कारण निषेधाज्ञा प्रभावकारी नदेखिएको हो ।

त्यस्तै अर्कोतर्फ काठमाडौं उपत्यकामा बिहान १० बजेसम्म मात्र उपभोग्य वस्तुको पसल खोल्न पाइने सरकारको नियम छ । छोटो समयको अवधीमा उपभोग्य वस्तु खरिद गर्नु पर्ने भएकाले बिहानको समयमा पसलहरुमा निकै भीड लाग्ने गरेको छ । बिहानको एक समय मात्र किन्नका लागि समय तोकिएकाले बजार जान पनि जोखिम बढ्ेको सर्वसाधरणको गुनासो छ । यसअघि सरकारले बिहान र बेलुकाको समय छुट्याएर दुवै समयमा किन्न पाउने व्यवस्था गरेको थियो । तर काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले वैशाख २९ गते राती १२ बजे बाट लागु हुने गरी जेठ १३ गते राती १२ बजे सम्महुने गरी बिहानको समय मात्रै पसल खोल्न दिने निर्णय गरेपछि सर्वसाधारणको भिड लागेको हो ।

नेपालमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको छ भने आधामानिसहरु काठमाडौं छाडि सकेका छन् । आम उपभोक्तामा अहिले रोगसँगै भोगको चपेटामा छन् । काम गरेर खाने मजदुरहरु यस निषेधाज्ञाबाट थप प्रभावित भएका छन् । काम नपाएकोले कसरी बाच्ने भन्ने चिन्ताले मानिसहरुलाई सताउन थालेको छ । सरकारले पसल खोल्ने समय अझ छोट्याउदा पसल बन्द हुने डरले एकै चोटी सबै जना भेला हुने भएकाले कोरोना संक्रमण अझ उच्च दरमा फैलिने सम्भावना उत्तिकै छ । तर, मानिसहरुले सरकारले तोकेको स्वास्थ्य मापदण्डको समेत पालना नगर्दा झनै संक्रमणको जोखिम बढाएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कोरोना संक्रमण, #निषेधाज्ञा

तपाईको कमेन्ट लेख्नुहोस्