खोप नै संक्रमण रोक्न सक्ने चिकित्सकको सुझाव, खोप ल्याउन अझै समय लाग्ने

काठमाडौं । सरकारले कुल जनसंख्याको ७२ प्रतिशतलाई प्राथमिकता तोकेर कोरोना भाइरस बिरुद्धको निशुल्क खोप लगाउने अभियान सुरु गर्यो । भारतले अनुदान दिएको १० लाख खोपसँगै माघ १४ गते पहिलो पटक कोरोना बिरुद्धको खोप अभियान सुरु गरेपनि अहिले खोप अभावका कारण त्यो अभियान नै प्रभावित भएको छ । कोरोना भाइरस विरुद्धको खोप ल्याएर सरकारले आफनो ठूलो उपलब्धी मानेपनि अहिले खोप आपुर्ती गर्न सकिरहेको छैन् ।
संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीले खोप नेपालमा भित्र्याएर जनतालाई लगाउन थालिएको भन्दै गर्व गरेका थिए । तर, पहिलो खोप लगाएका ब्यक्तीहरुलाई दोस्रो डोज खोप पुर्याउन नसक्दा समस्या भएको छ । कोरोना संक्रमणले अवस्था भयावह बन्दै गर्दा अधिकाशं देशले आफ्ना नागरिकका लागि खोप दिइरहेका छन् तर, नेपालमा भने हालसम्म ३२ लाख ४८ हजार मात्रा खोप भित्रिएपनि बाँकी जनसंख्याका लागि खोप कहाँबाट र कसरी ल्याउने भन्ने सरकार नै रणभुल्लमा परेको छ ।
सुरुवातका चरणमा खोप ल्याउनका लागि तातेको सरकारबाट नागरिकले खोप लगाउन पाउने आशा गरेका थिए अझै प्रधानमन्त्रीले केपी ओलीले नेपालमा पहिलो चरणको खोप अभियान सुरु गर्दा अबको ३ महिनाभित्र सम्पूर्ण नागरिकलाइ खोप दिने प्रतिबद्धता जनाएका थिए । बैशाख महिनाभित्र नेपालका७२ प्रतिशत नगरिकले खोप लगाउने दाबी गरेको सरकारले पहिलो डोज लगाएकालाई समेत खोप दिन सकेको छैन् । सरकारले खोप ल्याउनका लागि असहज र झन्झटिलो भए पश्चातखोप ल्याउने जिम्मा निजि कम्पनिलाई दिएको छ । लोमश फर्मालाई रसियन स्पुतनिक भी खोप ल्याउने जिम्मा दिएको छ ।
सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड हुकम डिस्टिब्युटर्स र भारतकै बायोएन्टेकले उत्पादन गरेको को–भ्याक्सिन ल्याउन इमराल्ड फर्मालाई अनुमति दिएको छ । तर,दुई ठूला खोप उत्पादक देशको विचमा रहेको नेपालमा भने कोरोना खोपमा कमिसनको खेल हुँदा खोप अभियान नै प्रभावित बनेको छ । जिम्मा पाएका फार्महरुको अवस्था र उनीहरुको प्रतिक्रियाले नेपालमा तत्काल खोप आउने सम्भावना देखिदैन ।
नेपालमा भने कोरोना विरुद्धको खोप अभावमा आम सर्वसाधारण मृत्युवरण गर्न बाध्य बनेका छन् । अहिले अस्पतालमा भर्ना भएर संक्रमण पुष्टि भएका मध्ये ८० प्रतिशत नागरिकले खोप प्रयोग नगरेको र बाकी २० प्रतिशतले पहिलो डोज मात्रै खोप लगाएको र कोरोना विरुद्धको दुवै डोज खोप लगाएकाहरुमा भने संक्रमण पुष्टि भएता पनि गम्भिर अवस्थामा नपुगेको हुदा खोपको प्रभावकारीता भएको चिकित्सक बताउछन् । भारतबाट अनुदानमा आएको खोपसँगै हतारमा खोप अभियान सुरु गरेको नेपालमा सबै नेपालीले कोरोना भाइरसबिरुद्धको खोप कहिलेसम्म लगाउन पाउने अनिश्चित जस्तै छ ।
अधिकांशनागरिक पहिलो डोज खोपको प्रतिक्षामा रहँदा पहिलो डोज लगाएकाहरुले समेत दोश्रो डोज कहिले लगाउन पाउने एकिन छैन । कोभ्याक्स अभियान मार्फत समेत खोप ल्याउन नसकेको सरकारले अग्रिम भुक्तानी दिइएको भारतीय खोप उत्पादक कम्पनीसँग समेत १० लाख डोज खोप ल्याउन सकेको छैन् । खोपको पहिलो डोज लगाएका नागरिकले दोस्रो डोज कहिले पाउने अनिश्चत हुँदा खोप नै नलगाएका नागरिक निरास बनेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #खोप लगाउनेको भिड
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्