जसपाका नेता किन पुग्छन बारम्बार भारतीय दूतावास ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको सुनियोजित षड्यन्त्रबाट संसद विघटनसँगै चुनावको घोषणा गरिएको भन्दै नेकपा एमालेको केपी ओली पक्षका नेता र सांसद बाहेकले चर्को बिरोध गरिरहेका छन् । सत्ता र शक्तिको भरपुर उपयोग गरिरहेका प्रधानमन्त्री ओली कोरोना महामारिको रोकथाम र संक्रमितको उपचारमा गम्भिर बन्नुको साटो जे जस्ता षड्यन्त्र रचेर भएपनि सत्तामा टाँसिने र आफ्नै नेतृत्वमा कथित चुनाव गराउने योजनामा सफल भएका छन् ।
शुक्रबार दिउँसो नै पत्रकार सम्मेलन मार्फत आफूले बहुमतको समर्थन नपाएमा संसद बिघटनसँगै चुनावमा जानुपर्ने बाध्यता आउने खुलाशा गर्नु र मध्यरातसम्म सितलनिवास र बालुवाटार जागै बसेर अर्को दिन नै नआउने जसरी रातारात सबै खेल खेल्नुले बद्नियत आफै उदांगो गरेको छ ।
प्रधानमन्त्री ओली एक्लैले नभइ अन्य अन्तर्राष्ट्रिय शक्तिको इसारामा अहिलेको खेल भैरहेको आरोप चिर्न उत्तर र दक्षिण गरेर समेत बैकल्पिक सरकार गठनमा सफल हुन नसकेको दोष अन्य दलमाथी लगाउने काम गरेका थिए । तर प्रधानमन्त्रीलाई अहिलेको कदम चाल्न सहज वातावरण बनाइरहेका जनता समाजवादी पार्टीका नेताहरुकै भारतीय दूतावासमा हुने गरेको आवतजावतले यो आशंका प्रधानमन्त्री ओलीतिरै फर्काएको छ ।
शनिबार बिहान पौने ११ बजे मात्रै जसपा नेता राजेन्द्र महतो लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए । यसअघि गत वैशाख ३० गते प्रधानमन्त्रीमा केपी शर्मा ओली निरन्तर हुने निश्चित भएपछि आफ्ना सांसदहरुलाई भक्तपुरको रिसोर्टमा राखेर वरिष्ठ नेता महतोसँगै जसपाका अध्यक्ष महन्थ ठाकुर भारतीय दूतावास छिरेका थिए। पछिल्लो विकसित राजनीतिक घटनाक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा रहेका यी नेताहरुको भारतीय दूतावासमा लगातार चल्ने दौडधूपलाई यतिबेला चासोका साथ हेरिएको छ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री ओली, #राजेन्द्र महतो
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्