Techie IT
  • ३० चैत्र २०८१, शनिबार
KhojPatrika

के ओलीको ६ बुँदेमा सहमत होलान माधव झलनाथ ?


काठमाडौं । पटक–पटक वार्ता र सम्वाद भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले झुक्याइएको भन्दै नयाँ पाटी गठनको गृहकार्य गरिरेहका माधव नेपाल र झलनाथ खनाललाई फेरि अर्को प्रस्ताव आएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेपछि अव के एमाले एकताबद्ध हुन्छ त भन्ने जिज्ञासा सबैलाई लागेको छ । पाटीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन तयार रहेको भन्दै अध्यक्ष ओलीले आफूलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त अघि सारेका हुन् ।

शुक्रबार मात्र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले एकता वार्तालाई अध्यक्ष ओलीले दाउपेचका रुपमा मात्र लिएको आरोप लगाउँदै नगर र गाउँ तहसम्म संगठन विस्ता गर्ने जनाएको थियो । आफूहरुले अघि सारेको प्रस्तावहरु निश्चिय समय सीमामा विश्वसनीय तरिकाले कार्यान्वयन हुने सहमति भए मात्र ओली एकताको पक्षमा रहेको ठहरिने, अन्यथा एकताको नाममा नअलमलिने र वैकल्पिक बाटो अबलम्बन गर्ने चेतावनी समेत नेपाल–खनाल पक्षले दिएको थियो ।

नेपाल समूहको निर्णय सार्वजनिक भए लगतै एमाले अध्यक्ष ओलीले एमालेलाई सुदृढ गरेर मात्र कम्युनिस्ट आन्दोलनलाई बलियो र एकतावद्ध बनाउन सकिने भन्दै एकताको आह्वान गरेका हुन् । पार्टीको आन्तरिक जीवनमा समस्याहरु देखा परेको स्विकार गर्दै अनवरत प्रयासका बाबदुज जे नहुनुपर्ने, त्यही भइरहेको उनले बिज्ञप्तीमा जिकिर गरेका छन् ।

पार्टीमा देखिएका समस्या समाधान हुन नसक्ने कारण नभएको भन्दै अध्यक्ष ओलीले एक ठाउँमा उभिनुपर्ने र सबैले एकताको लक्ष्य राखेर सकारात्मक योगदान गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीको समस्या समाधानका लागि अध्यक्ष ओलीले अघि सारेका ६ बुँदे प्रस्तावसहितको आह्वान भएपछि माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । पटक–पटक झुक्याएका कारण उनीहरुले ओलीमाथि शंकाको दृष्ट्रिकोणले गरेका छन् ।
के छन् त प्रधानमन्त्री ओलीका ६ बुँदे प्रस्ताव


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #अध्यक्ष केपी शर्मा ओली, #प्रधानमन्त्री

तपाईको कमेन्ट लेख्नुहोस्