ओलीको ६ बुँदेमा माधव समूहको वेवास्ता,बामदेव गौतमको आयो अर्को प्रस्ताव

काठमाडौं । नेकपा एमालेको विवाद चरम उत्कर्षमा पुगेपछि पार्टीलाई एकताबद्ध राख्न भन्दै अध्यक्ष केपी शर्मा ओलीले आईतबार ६ बुँदे विज्ञप्ती जारी गरेका थिए । विज्ञप्तीमा अध्यक्ष ओलीले खनाल–नेपाल समुहको माग बमोजिम पार्टीलाई २०७५ जेठ ३ भन्दा पहिलेको अवस्थामा फर्काउन आफु तयार रहेको जनाँउदै कार्यदल मार्फत पार्टी संगठनलाई सुद्धढ र सशक्त बनाँउने बताएका थिए ।
पार्टी एकतालाई टीकाई राख्न खनाल–नेपाल समुहले पनि संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा दायर मुद्धामा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने कुरा विज्ञप्तीमा उल्लेख थियो । ओलीको विज्ञप्तीपछि बसेको खनाल–नेपाल समुहको स्थायी कमिटी बैठकले ओलीको बक्तब्य एकताको पवित्र उद्देश्यले नभई भ्रम सिर्जना गरेर जालझेल गर्ने नियतका साथ आएको निष्कर्ष निकालेको छ । बैठक पछि एमाले वरिष्ठ नेता माधव नेपाल ६ बँुदे विज्ञप्ती जारी गर्दै अध्यक्ष ओलीद्धारा जारी गरिएका हरेक बुदाको खण्डन गरेका छन् ।
विज्ञप्ती मार्फत नेता नेपालले संसद विघटन विरुद्धको मुद्धामा रहेको समर्थन फिर्ता नलिने पनि प्रष्ट पारेका छन् । खनाल–नेपाल समुह निकट एमाले नेतृ अष्टलक्ष्मी शाक्य अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध राख्न गरेको कुरा बनावटी भएको बताउछिन । अध्यक्ष केपी ओलीले हदैसम्मको लचकता अपनाएको ओली समुहका नेता बताँउछन । खनाल–नेपाल समुहको लामो समय देखिको माग बमोजीम अध्यक्ष ओली पार्टीलाई ०७५ जेठ ३ गते भन्दा पहिलेको अवस्थामा फर्काउन राजी हुदाहुदै पनि एकजुट हुन तयार नहुनुले उनीहरुले एमालेका विभाजन चाहीरहेको प्रष्ट हुने ओली पक्ष बताँउछ ।
अब पार्टीलाई एकजुट राख्ने की नराख्ने भन्ने कुरा खनाल–नेपाल समुहमा निर्भर रहेको ओली पक्षीय नेता विशाल भट्टराईको भनाई छ । खनाल–नेपाल समुह पार्टीलाई एकताबद्ध बनाँउन अध्यक्षले एमालेलाई सम्पुर्ण रुपले ०७५ जेठ २ को अवस्थामा फर्काउनु पर्ने साथै संसद विघटनको निर्णय गलत थियो भनेर आत्म आलोचना गर्नुपर्ने माग गरिरहेको छ । अध्यक्ष ओलीले यो भन्दा लचक हुने ठाँउ नरहेको ओली समुहको तर्क छ । पटक–पटक प्रधानमन्त्री ओलीले माधव झलनाथ समूहलाई बिभिन्न प्रस्ताव गर्दै अलमल्याउने नीति लिएकैले होला यतिबेला माधव समूह भने ओलीको ६ बुदे प्रस्तावलाई पनि जालझेलको रुपमा लिएको छ ।
बामदेव गौतमको आयो अर्को प्रस्ताव
नेकपा एमालेका नेता बामदेव गौतमले पार्टीमा एकताका लागि मध्यमार्गी प्रस्ताव अघि सारेका छन् । पार्टी एकता राष्ट्रिय अभियानको तर्फबाट २ जेठ २०७५ मा कायम रहेको एमालेको स्थायी कमिटी बैठक बोलाउने र पार्टीमा उत्पन्न विषयबारे छलफल गर्ने प्रस्ताव अघि सारेका हुन् । आइतबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ बुँदे प्रस्ताव अघि सारेका थिए, जसमा एमालेलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अगाडि बढाउने र सर्वोच्चको रिटमा प्रयोग भएको एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता लिने उल्लेख थियो ।
नेपाल समूहले प्रस्तावमा जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिएको निष्कर्ष निकाल्यो र हस्ताक्षर फिर्ता नलिने अडान सार्वजनिक ग¥यो । गौतमले २ जेठ २०७५ मा कायम रहेको एमालेको स्थायी कमिटी बैठक बोलाउने र पार्टीमा उत्पन्न विषयबारे छलफल गर्ने प्रस्ताव अघि सारेका छन् ।
एकता अभियानको वक्तव्यमा भनिएको छ, छिटोभन्दा छिटो २०७५ जेठ २ मा कायम रहेको एमालेको दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव र दुई उपमहासचिव र पाँच सहित सहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरुमा छलफल गरी सही मार्गदर्शन गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष हार्दिक अनुसार गर्दैछ । साथै सर्वोच्चको संवैधानिक इजलासले संसद पुनर्स्थापना वा प्रधानमन्त्रीको कदम सर गरेको अवस्थामा निर्वाचनमा जाने दुबै चुनौती सामाना गर्न तयार हुनुपर्ने गौतमले उल्लेख गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपा एमालेको विवाद, #बामदेव गौतम
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्