Techie IT
  • ५ वैशाख २०८२, शुक्रबार
KhojPatrika

कति सम्भव छ बृहत कम्युनिष्ट एकता ?


काठमाडौं । २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापित नेपाल कम्युनिष्ट पार्टी कति चिरामा विभाजित भयो र कम्युनिष्टका साइनबोर्ड झुन्ड्याएका कति पार्टी छन् भनेर गणना गर्न निकै समय खर्चिनु पर्ने अबस्था छ । भनिन्छ– ७० बर्षे इतिहासमा कम्युनिष्ट पार्टी ७० पटक नै फुट्यो । त्यस्तै दुई कम्युनिष्ट पार्टीका अध्यक्षहरुले चुनावी गठबन्धन हुदै पार्टी एकतासम्मको पुगेपनि त्यसले निरन्तरता पाउन भने सकेन ।

जनयुद्धबाट आएको माओवादी यहाँ सम्म आउँदा टुटफुट विभाजन र एकता हुदै अहिले बिभिन्न टुक्रामा बिभाजित छ । झापा आन्दोलन हुँदै २०४९ सालबाट खुल्ला राजनीतिबाट नै समाज परिवर्तन गर्न सम्भव छ भन्दै मदन भण्डारीको जवज मान्दै आएकोे नेकपा एमाले आन्तरिक कलहका कारण उत्पन्न विद्रोहले गर्दा बिभाजित जस्तै छ । औपचारिक रूपमा घोषणा मात्र हुन बाँकी छ । विगतका ओली–पीडित समूहहरू अब पनि ओलीकै अत्यधिक पेलाइका कारणले सबै एउटै दलमा एकीकृत हुने सम्भावना पनि प्रबल देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली बाहेकका शक्ति एक हुन आवश्यक रहेको नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीको तर्क छ । भिन्न पृष्ठभूमिबाट आएका कम्युनिष्ट पार्टीबीच एकता कति सम्भव छ भन्नेबारे पनि बहस भइरहेको छ । फरक धारबीचतीव्र बनेको वैचारिक संघर्ष, आरोप–प्रत्यारोप र प्रतिस्पर्धाको शृंखला एकतामा परिणत हुनु ऐतिहासिक छ । अब नेकपा एमालेको माधव पक्ष र माओबादी केन्द्र लगायतहरु बिच बृहत कम्युनिष्ट पार्टीको अवधारणा बन्न सक्ने राजनितिक बिश्लेषक श्याम श्रेष्ठ बताउछन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध अहिले नै उनीहरू एउटै मोर्चामा एकतावद्ध भइसकेका छन् । शत्रुको शत्रु आफ्नो मित्रु हो भन्ने सिद्धान्त अनुसरण गर्दै माधव–झलनाथ समूह तथा प्रचण्ड नेतृत्वको नेकपा (एमाओवादी) समूह प्रकारान्तरले एकत्रित भएर निकट भविष्यमा एउटै दल बनाए भने आश्चर्य मान्नुपर्ने छैन । तर, त्यो एकता पनि कति दिन टिक्छ भन्ने नै मूल बिषय हो ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कम्युनिष्ट एकता, #प्रधानमन्त्री केपी शर्मा, #मदन भण्डारी

तपाईको कमेन्ट लेख्नुहोस्