बजार हल्लाले राजीनामा दिन्नः प्रधानन्यायाधीश जवरा
प्रश्न उठेका सबैले राजीनामा दिऔं

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूलाई मार्गप्रशस्त गर्न आग्रह गरेका न्यायाधीशहरूलाई कडा जवाफ दिएर फर्काएका छन् । बजार हल्लाका आधारमा आफूले राजीनामा नदिने कडा जवाफ फर्काएका हुन् । जवरालाई भेट्न पुगेका १३ जना न्यायाधीशलाई सबैले राजीनामा दिने भए आफू पनि तयार रहेको बताएका हुन् ।
उनले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिने भए आफू मार्ग प्रशस्त गर्न तयार रहेको बताएका थिए । जवराले न्यायाधीशहरूसँगको भेटघाटमा भने, ‘अरु न्यायाधीशहरूमाथि पनि प्रश्न उठेका छ । प्रश्न उठेका सबैले राजीनामा दिउँ, म पनि मार्ग प्रशस्त गर्छु । होइन भने बजार हल्लाबाट उठेका विषयकै आधारमा राजीनामा दिँदै जाने हो भने न्यायापालिका बच्न सक्दैन ।’ जवराले आफ्नो नियुक्ति संवैधानिक भएकाले बहिर्गमन पनि संवैधानिक तबरबाटै हुने बताएका थिए ।
पछिल्लो समय देखिएको विवादको विषयमा प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरुबीच छलफल भएको थियो । प्रधानन्यायाधीशसँगको छलफलमापछि १५ जना न्यायाधीशहरु पुनः आपसमा छलफल गरेका थिए । प्रधानन्यायाधीश जबरा सत्ता भागवण्डा लगायतका विवादमा मुछिएपछि उनीमाथि राजीनामाका लागि दबाब बढ्दै गएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #चोलेन्द्र शम्शेर जबरा
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्