Techie IT
  • ७ वैशाख २०८२, आईतबार
KhojPatrika

चोलेन्द्र शमशेर जवराले भने म राजीनामा दिन्न,आफूले कतै लेनदेन नगरेको जिकिर

चार दिनदेखि सर्बोच्च अदालतमा भाँडभैलो


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले आफूले कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै प्रधानन्यायाधीश जवराले राजीनामा नदिने बताएका हुन । उनले नेताहरुसँग आफ्नो कुनै लेनदेन नभएको समेत जिकिर गरे ।

आफूले राजीनामा दिए अदालत कमजोर हुने जवराको भनाई छ । प्रधानन्यायाधीश जवराले संसदमा दलहरुले महाअभियोग नलगाउनेमा आफू ढुक्क रहेको भन्दै अहिलेसम्म आफूबाट विवादास्पद निर्णय नै नभएको दाबी गरेका छन् ।
चार दिनदेखि सर्बोच्च अदालतमा भाँडभैलो
अहिले न्यायालय ठप्प छ । प्रधानन्यायाधीस र सर्वोच्चका १५ जना न्यायाधीस बीच पानी बाराबारको अवस्था छ । प्रधानन्यायाधीस चोलेन्द्र समसेर राणा सडकको दबाबमा पद नछाड्ने मनस्थितिमा पुगेका छन् । अधिकांश कानून व्यवसायी समेत सर्वोच्चबाट राणाको बहिर्गमनका लागि आन्दोलनमा छन् । उता राजनीतिक दलका नेताहरुको अमिल्दो विचार बाहिर आउन थालेपछि न्यायपालिकाको विवादले सहज निकास पाउने सम्भावना झन् कमजोर बनेको छ ।

४ दिनदेखि ठप्प सर्वोच्च अदालत खुलाउन प्रधानन्यायाधीस चोलेन्द्र समसेर राणाले एक्लो प्रयास गरिरहेका छन् । एकल इजलासमा बसेर उनले एकै दिन दुई दर्जनभन्दा बढी मुद्दामा सुनवाइ पनि गराए । तर, न्यायपालिकामा देखिएको विवादको समाधान अब १५ न्यायाधीस र कानून व्यवसायीको काबुभन्दा बाहिर गइसकेको छ । राजिनामाको दबाबमा रहे पनि जिन्दगीभर नमेटिने कालो धब्बा बोकेर सर्वोच्चबाट बाहिरिन प्रधानन्यायाधीस राणा तयार छैनन् । न्यायाधीस, कानून व्यवसायी उनको राजिनामा बाहेक अर्को विकल्पमा कुरा गर्न अहिले तयार छैनन् । त्यसैले यो विवादको निश्कर्ष अब संसद बाहेक कसैले दिन सक्ने अवस्था पनि छैन । संसदमा प्रतिनिधित्व गर्ने दलका शिर्ष नेताहरु सकेसम्म यो विवादबाट टाढै रहने मनस्थितिमा देखिएका छन् ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतका परमादेश दिने न्यायाधीशलाई राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिन नहुने पक्षमा छन् । देउवाले अदालतको बारेमा धेरै बोल्न नमिल्ने टिप्पणी समेत गरेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीसले मात्र नभएर परमादेश दिने पाँचै न्यायाधीसले राजिनामा दिनु पर्ने धारणा अघि सारेर यो विवादलाई नयाँ ट्वीस्ट दिइसकेका छन् ।

उता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत न्यायपालिकाको विवाद न्यायालयबाटै टुंगाउनु पर्ने तर्क गरेर विवादबाट बच्ने प्रयास गरेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त ओलीलाई नै न्यायपालिकामा विकृति भित्राउने दोषीका रुपमा प्रस्तुत गरेका छन् । साथै उनले प्रधानन्यायाधीसको राजिनामा मागेर अहिले राज्य प्रणालीलाई ध्वस्त बनाउने खेल भइरहेको दाबी गर्दै महाभियोगको पनि विपक्षमा उभिएका छन् । शिर्ष नेताहरुले प्रधानन्यायाधीसलाई राहत पुग्ने गरेर विचार अघि सारि रहँदा दोस्रो पुस्ताका नेताहरु भने संसदबाट महाभियोग लगाएर भएपनि राणालाई सर्वोच्च अदालतबाट बिदा गर्नु पर्ने अडान लिइ रहेका छन् ।

पार्टीका अन्य नेताको दबाबमा परेका कांग्रेस सभापति देउवाले त गठबन्धनका दलहरुसँग सल्लाह गरेर यो विषयलाई टुंगाउने बताइ सकेका छन् । यस्तै सत्ता गठबन्धनमा रहेका दलका अन्य नेताहरु भने प्रधानन्यायाधीसको बहिर्गनको पक्षमा बोल्न थालिसकेका छन् । तर, परमादेशबाट संविधानलाई ट्रयाकमा ल्याएको बताउने शिर्ष नेताहरु भने राणाले लगाएको गुणको बदलामा उनको राजिनामा नमाग्ने मस्थितिमा छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #चोलेन्द्र शमशेर जवरा, #राजीनामा नदिने

तपाईको कमेन्ट लेख्नुहोस्