बाहिरिदै गर्दा कुलपति उप्रेतिको लोभ, आफैले आजिवन भत्ता खाने खेल, कार्यविधि नै संशोधन
निर्वाचन आयोगलाई पठाइयो झुटो विवरण

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कार्यकाल सकिएर निष्किदै गर्दा पदको दुरुपयोग गरेको तथ्य फेला परेको छ । २०७९ असोज २१ गतेबाट चारवर्षे कार्यकाल पूरा गरी बाहिरिदा आफ्नो स्वार्थ अनुकुलका बिभिन्न निर्णय गरेर पदको दुरुपयोग गरेको तथ्य फेला परेको हो । उप्रेतिले आफू अनुकुल कार्यविधि संशोधन नै गरी आफैले गठन गरेको समितिद्धारा आफ्नै नाम सिफारिस गर्न लगाएको तथ्य बाहिरिएको छ ।
मानार्थ प्रज्ञा सदस्य एवम् आजिवन सदस्यता गर्ने सम्बन्धि मापदण्ड तथा कार्यविधि २०६९ लाई ४८ औं बैठकले संशोधन गरेको थियो । संशोधनमा निवर्तमान कुलपति उप्रेतिलाई नै सहज हुने गरी नेपाल प्रज्ञा प्रतिष्ठान, प्रज्ञा परिषदको पदाधिकारी,प्रज्ञा सभा सदस्य रहेर तीन कार्यकाल पूरा गरी प्रज्ञा प्रतिष्ठानको सर्वाङगीण विकास र गौरवको अभिबृद्धिमा विशिष्ट योगदान पुर्याएका मध्ये प्राथमिकता अनुसार पूर्व कुलपति, पुर्व उपकुलपति, पूर्व सदस्य सचिवलाई दिने उल्लेख गरिएको छ ।
पञ्चायत कालमा राखिएको यो बुँदा फेरि उप्रेतिलाई नै आजिवन सदस्य बनाउने गरी कार्यविधि नै संशोधन गरिएको हो । उप्रेतिले १ बर्ष उपकुलपति र दुई कार्यकाल कुलपति सम्हालेका थिए । आफैले आफैलाई आजीवन सदस्य दिन लागेको भन्दै प्रज्ञा प्रतिष्ठानमा हल्लिखल्ली मच्चिएको छ । उप्रेतिसँगै आरडी प्रभास चटौतलाई मानार्थ प्रज्ञा सदस्य तथा आजिवन सदस्य दिन लागिएको हो । कुलपतिलाई नै आजिवन सदस्यता दिन लागेपछि यसको चौतर्फी बिरोध भयो ।
निर्वाचन आचारसंहिता विपरित काम गरेको भन्दै निर्वाचन आयोगमा उजुरी पनि पर्यो । तर, निर्वाचन आयोगलाई नै कुनै समिति नबनेको भन्दै प्रज्ञा प्रतिष्ठानले नै झुटो विवरण बुझाएको छ । उप्रेतिले नै प्रज्ञा प्रतिष्ठानमा निमित्त कुलपतिको जिम्मेवारी डाक्टर जगमान गुरुङ र निमित्त सदस्य सचिवमा डाक्टर होमनाथ पौडेललाई दिएर बाहिरिएका थिए । गुरुङ र पौडेलले नै यतिबेला कुलपति उप्रेतिले गरेका गलत कामको ढाकछोप गरिरहेका छन् ।
अझ मंसिर २९ गतेदेखि कार्यकाल सकिनै लागेका गुरुङ, पौडेल मात्रै होइन प्रज्ञा परिषदका सदस्यहरुको हप्कीदप्की पनि अच्चमको छ । कार्यविधि नै संशोधन गरी किन निवर्तमान कुलपति उप्रेतिलाई किन आजीवन सदस्यता दिन लागिएको हो भन्ने प्रश्नमा परिषदका सदस्य कोही पनि बोल्न तयार छैनन् ।
२५ गते गर्न लागिएको ३८ औं प्रज्ञा सभा समेत रोक्न केही कर्मचारीदेखि नेपाल लेखक संघले दवाव दिइरहेको छ । लेखक संघले त अमुक ब्यक्तीको स्वार्थमा गरिन लागेको सभा रोक्न चेतावनी दिएको छ । प्रज्ञा प्रतिष्ठानभित्र यस्ता धेरै बेथिति मौलाएको छ । साउनमै अन्तिम प्रज्ञा सभा भनेर गरिएको कार्यक्रम ब्यक्तीगत स्वार्थ र आडम्बरमा म्याद सकिदै गरेको प्रज्ञा परिषदले सभा गर्नुमा ठूलै खेल देखिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कार्यकाल सकिएर निष्किदै, #कुलपति गंगाप्रसाद उप्रेती, #दुरुपयोग, #मानार्थ प्रज्ञा सदस्य एवम् आजिवन सदस्यता
तपाईको कमेन्ट लेख्नुहोस्