को हुन् महिलाहरुमाथि ढलान किलो घोप्ने

काठमाडौं १३ असार । राजधानीका बिभिन्न स्थानामा महिलाहरुमाथि श्रृखलावद्ध रुपमा शंकास्पद् ‘सिरिन्ज’ आक्रमण गर्ने एक जना पक्राउ परेका छन् । आक्रमणमा संलग्न रहेको आशंकामा सन्तोष कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । उनले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता स्वीकारेका छन् । रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एआईभीविरुद्धको एआरटी औषधि चलाइएको छ भने हेपाटाइटिसविरुद्धको भ्याक्सिन दिइएको छ । उनले सिरिन्ज नभई सुरमा काठको सुइरो र पछि ढलान किलोले घोचेको बयान दिएका छन् । तर आक्रमण गर्नुको कारण भने उनले रमाइलोका लागि बताएका छन् । उनको बयानलाई प्रहरी विश्वास गरिसकेको छैन र अनुसन्धान गरिरहेको छ । महाराजगञ्जमा होटल व्यवसाय गर्ने कार्की राति १० बजे होटल बन्द गरेर मोटरसाइकलमा सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकापस्थित कोठामा जादा यी गतिबिधि गरेको बताएका छन् । घटनामा प्रयोग भएको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, स्वास्थ्य
ट्याग : #siringa hanne pakrau
ताजा खबर
- १राजनीतिमा आउने कुलमानको तयारी, उर्जामन्त्रीले अनावश्यक दुख दिएको आरोप
- २कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
- ३७ दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो चन्द्रागिरिमा भएको आगलागी
- ४साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्यो, तीन जनाको मृत्यु
- ५भिट्ठामोड सुख्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता
तपाईको कमेन्ट लेख्नुहोस्